भैरहवा ईपीएलको क्वालिफायरमा, काठमाडौं पराजित

नेपालभ्युज

भैरहवा ईपीएलको क्वालिफायरमा, काठमाडौं पराजित

काठमाडौँ। भैरहवा ग्ल्याडियटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार सम्पन्न इलिमिनेटरमा काठमाडौँ किङ्स ११ लाई १६ रनले पराजित गर्दै भैरहवाले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेटको क्षतिमा १८८ रन जोडेको थियो। जसका लागि कप्तान शरद भेषवाकरले २० बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रन जोडे। त्यसैगरी प्रदिप ऐरीले ३९, उपल थरंगाले ३५ र कुशल मल्लले ३२ रन जोडे।

जवाफमा काठमाडौँले २० ओभरमा आठ विकेट गुमाउँदै १७२ रन मात्रै जोड्न सक्यो। काठमाडौँका लागि श्रीलंकन ब्याट्स्म्यान असन प्रियाजनले सर्वाधिक ६८ रन जोडेका थिए। अब भोलि (बिहीबार) भैरहवाले क्वालिफायरमा पोखरासँग भिडन्त गर्नेछ, जसको विजेताले शनिबार हुने फाइनलमा चितवनसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved