विश्वासको मत लिँदै मुख्यमन्त्री राउत

प्रदेशमा सरकारको नेतृत्वको गरिरहेको दल जनता समाजवादी पार्टीबाट विभाजित भएर गत ९ भदौमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिनुपर्ने भएको हो।

नेपाल भ्यूज

विश्वासको मत लिँदै मुख्यमन्त्री राउत

काठमाडौं। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन्। संवैधानिक प्रावधानअनुसार राउतले आज विश्वासको मत लिन लागेका हुन्।

सत्तारुढ दल विभाजित भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री राउतले आज विश्वासको मत लिन लागेका हुन्।

प्रदेश २ को प्रदेशसभा बैठक आज (बुधबार) बिहान ११ बजे बस्दैछ। उक्त बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने बताइएको छ।

प्रदेशमा सरकारको नेतृत्वको गरिरहेको दल जनता समाजवादी पार्टीबाट विभाजित भएर गत ९ भदौमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिनुपर्ने भएको हो।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री राउतले गतसाता नै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए। गत साता बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले २० असोजमा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

हाल प्रतिपक्षमा रहेका नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टीले भने प्रदेशसभा बैठकमा अवरोध गर्ने बताएका छन्। यी दुई दलको समर्थन नरहे पनि बाँकी अन्य दलको समर्थन रहे मुख्यमन्त्री राउतले विश्वासको मत पाउनेछन्।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved