उपत्यकामा चोरी भएका २१ ओटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

डियो स्कुटर र पल्सर मोटरसाइकल सबैभन्दा बढी चोरी

नेपालभ्युज

उपत्यकामा चोरी भएका २१ ओटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएकामध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर छन्। ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरी विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकल मंगलबार महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकल बरामद गरिएको र चोरीमा संलग्नहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि तत्कालै विभिन्न प्रहरी वृत्तमा पठाउने गरेको जानकारी दिए।

हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको र हराउनै नदिन धनीसमेत विशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताए।

डियो स्कुटर र पल्सर मोटरसाइकल सबैभन्दा बढी चोरी

पछिल्लो समय उपत्यकाबाट दुईपांग्रे सवारी साधनमध्ये डियो स्कुटर र पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको तथ्यांकले देखाएको छ। यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाइकलमध्ये १४६ वटा नियन्त्रणमा लिइएको छ।

१४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भइरहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved