लागूऔषधको चंगुलका शाहरूख खानमा छोरा पनि, एनसीबीले थाल्यो अनुसन्धान

नेपालभ्युज

लागूऔषधको चंगुलका शाहरूख खानमा छोरा पनि, एनसीबीले थाल्यो अनुसन्धान

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मुम्बई नजिकैको समुद्रमा अहिलेसम्मको सबैभन्दा ठूलो छापा मारेको छ। उक्त लागूऔषध माफियासँगको संलग्न भएको अभियोगमा बलिउड स्टार शाहरुख खानका छोरासँग पनि सोधपुछ भइरहेको भारतीय मिडियाहरूले जनाएका छन्।

जहाँबाट १० जनालाई हिरासत लिइएको जनाइएको छ। एनसीबीले कार्डेलिया इम्प्रेक्स नामको जहाजमा एनसीबीले शनिबार राति रेड हानेको थियो।

एनसीबीले जनाएअनुसार एक ठूला भारतीय कलाकारकी छोरी पनि यसमा संलग्न छिन्। तर उनलाई हिरासतमा भने नलिइएको र अनुसन्धानकै चरणमा रहेको बताइएको छ। जसको एनसीबीले पुष्टि गर्न खोजिरहेको छ।

कार्डेलिया इम्प्रेक्स नामको जहाजमा संलग्न व्यक्तिहरूले पाइन्टमा, महिलाहरूले आफ्नो पर्समा र भित्री वस्त्रमा लुकाएर ड्रग्स लिएर गएका एनसीबीको दाबी छ। पार्टीमा संलग्न केही अन्य मानिसहरूको पनि मेडिकल रिपोर्ट भइरहेको र उनीहरूको यसमा संलग्नताबारे एनसीबीले जाँच गरिरहेको जनाएको छ। जाँचपछि उनीहरूलाई हिरासत लिने तयारी गरिएको छ।

अभिनेता शाहरुख खानका पुत्र आर्यन आफ्ना साथीहरूसँग त्यहाँ गएका र उनलाई ती लागूऔषध माफियाहरूले कुनै किसिमका प्रवेश शुल्न भने नलिएका एनसीबीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जबकि उक्त जहाजमा प्रवेश गर्न माफियाहरूले ६० हजार भारतीय रुपैयाँदेखि ५ लाखसम्म शुल्क उठाएका एनसबीको दाबी छ। अधिकारीले आर्यनको मोबाइल फोन जफत गरेका र थप अनुसन्धान भइरहेको जनाएका छन्।

एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेले यो अपरेशनको नेतृत्व गरेका थिए। उनी आफ्नो टोलीका साथ मुम्बईमा जहाजमा चढेका थिए। जब जहाज समुद्र तटमा पुग्यो, ड्रग पार्टी त्यहाँ शुरु भएको थियो। पार्टीमा मानिसहरू लागूऔषध सेवन गरिरहेका देखेर टोलीले अपरेशन शुरु गरेको उनले बताएका छन्। छापा मारिएपछि पक्राउ परेका सबैलाई आइतबार नै मुम्बई ल्याइने एनसीबीले जनाएको छ।

स्रोतका अनुसार आर्यनले सोधपुछका क्रममा आफूलाई पाहुनाका रूपमा बोलाइएको र पार्टीमा उपस्थित हुन कुनै पैसा नतिरेको स्विकारेका छन्।

यो पनि पढ्नुहोस्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved