मुम्बईको समुद्री तटमा छापा, भारी मात्रामा लागूऔषध बरामद

नेपालभ्युज

मुम्बईको समुद्री तटमा छापा, भारी मात्रामा लागूऔषध बरामद

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मुम्बई नजिकैको समुद्रमा अहिलेसम्मको सबैभन्दा ठूलो छापा मारेको भारतीय मिडियाहरूले जनाएका छन्।

एक ठूला अभिनेताका छोरासहित १० जनालाई हिरासत लिइएको जनाइएको छ। जसमध्ये आठ जना पक्राउ परेका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एनसीबीले कार्डेलिया इम्प्रेक्स नामको जहाजमा यो रेड मारेको जनाएको छ।

एनसीबी टोलीलाई जानकारी प्राप्तअनुसार क्रुसमा ड्रग पार्टी भइरहेको थियो। पछि एनसीबीका अधिकारीहरू एक यात्रीका रूपमा क्रुजमा चढेका थिए। शनिबार पार्टी चलुन्जेल त्यहाँ एनसबीबीले रेड हानेको जनाएको छ। अहिलेसम्मको जानकारीअनुसार जहाजबाट भारी मात्रामा लागुऔषध बरामद भएको छ। यसको मूल्य करोडौं पर्ने बताइएको छ। बरामद गरिएका लागूऔषध एमडी कोकिनजस्ता छन्।

एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेले यो अपरेशनको नेतृत्व गरेका थिए। उनी आफ्नो टोलीका साथ मुम्बईमा जहाजमा चढेका थिए। जब जहाज समुद्र तटमा पुग्यो, ड्रग पार्टी त्यहाँ शुरु भएको थियो। पार्टीमा मानिसहरू लागुऔषध सेवन गरिरहेका देखेर टोलीले अपरेशन शुरु गरेको उनले बताएका छन्। छापा मारिएपछि पक्राउ परेका सबैलाई आइतबार नै मुम्बई ल्याइने एनसीबीले जनाएको छ।

उक्त क्रुजमा ६ सय जना रहेका र उनीहरूले सामाजिक सञ्जालमार्फत मानिसहरूलाई त्यसमा ‘इन्भाइट’ गरेका एनसीबीले जनाएको छ। यद्पि ठूला अभिनेताका छोरा भनिएको उनको नाम भने अहिलेसम्म खुलाइएको छैन।

उक्त क्रुजमा सहभागी हुनेहरूका लागि त्यहाँ उनीहरूले प्रवेश शुल्कमा नाममा ६० हजार भारतीय रुपैयाँदेखि ५ लाखसम्म लिएका खुलेको छ। यो क्रुजको क्षमता १८ सय व्यक्तिको रहेको जनाइएको छ।

यी सबै ठूला उच्च प्रोफाइलका मान्छे भएका र सामाजिक सञ्जालबाटै उनीहरूले यसखाले पार्टीका लागि अन्य मानिसहरू बोलाएका एनसीबीको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved