इन्टरनेटको तार काटेकोमा कम्प्युटर एशोसिएसनको आपत्ति

नेपालभ्युज

इन्टरनेटको तार काटेकोमा कम्प्युटर एशोसिएसनको आपत्ति

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफ्नो पोल प्रयोग गरेबापतको भाडा नतिरेको भन्दै इन्टरनेट सेवा प्रदायकको तार काटेकोमा कम्प्युटर एशाेसिएसन नेपाल महासंघ (क्यान)ले आपत्ति जनाएको छ।

महासंघले विज्ञप्ति जारी गर्दै अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरेकोमा आपत्ति जनाएको हो। महासंघका अध्यक्ष नवराज कुँवर र महासचिव नारायण थापाले विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा निषेध गरेकोमा प्राधिकरणलाई जरिवाना र कारबाही गर्न अपील गरेको छ।

लामो समयदेखि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल तथा फाइबरको बक्यौता रकम भुक्तानी नगरेको भन्दै शनिबार प्राधिकरणले काठमाडौँ, भरतपुर, बुटबल, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, खाडीचौर, धनगढी लगायतका स्थानमा इन्टरनेटको तार काटेको थियो। तार काटेपछि शनिबारदेखि नै काठमाडौँसहित अधिकांश स्थानमा अवरुद्ध भएको हो।

काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध

क्यानले अति आवश्यक सेवामा सरकारी अवरोध भएको भन्दै विरोध जनाएको हो। विद्युत् प्राधिकरणले तार काट्न थालेपछि शनिबार नेपाल दूरसञ्चार प्राधिकरणले त्यसमा आपत्ति जनाएको थियो। संचार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विधुत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच विवाद समाधानका लागि छलफल भइरहेको अवस्थामा इन्टरनेटको तार काटिनु आपत्तिजनक भएको दूरसञ्चारले जनाएको हो।

 

 

 

 

 

 

May be an image of text

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved