मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाको प्रदर्शन

लोसपाले मुख्मन्त्री राउतको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेपछि जसपाले आज मुख्यमन्त्रीको बचाउमा प्रदर्शन गरेको हो।

नेपालभ्युज

मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाको प्रदर्शन

काठमाडौं। प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश समितिले विरोध प्रदर्शन गरेको छ।

‘बेटी पढाउ बेटी बचाउ अभियान’मा अनियमिता भएको आशंकामा बिहीबार अख्तियारले छापा मारेको थियो।

मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

अख्तियारले गलत नियतले छापा मारेको भन्दै धनुषासहितका जिल्लामा जसपाका स्थानिय पार्टी पंक्तिहरुले अख्तियारको कदमको विरोध गरेका हुन्।

अख्तियारको छापापछि तराईका जिल्लामा  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्मन्त्री राउतको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेपछि जसपाले आज मुख्यमन्त्रीको बचाउमा प्रदर्शन गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved