प्रदेश २

मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता भएको उजुरी

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो।

नेपालभ्युज

मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

काठमाडौं। प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। अख्तियारले बुधबार कार्यालयमा छापा मारेको हो।

अख्तियारको बर्दिबासस्थित कार्यालयबाट गएको टोलीले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको हो। ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो।

विभिन्न मिडियामा अनियमितता भएको समाचार आएको र अख्तियारमा पनि उजुरी परेपछि अख्तियारको बर्दिबास कार्यालयले छापा मारेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले पुष्टि गरे।

मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको हो भन्ने नेपाल भ्यूजको प्रश्नमा सहायक प्रवक्ता भण्डारीले भने, ‘‘अनियमितताको उजुरी परेको र विभिन्न मिडियामा समाचार पनि आएपछि हाम्रो बर्दिबास कार्यालयले त्यहाँ छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। थप कुरा अनुसन्धानपछि थाहा हुन्छ।”

प्रदेश २ सरकारले छात्राहरूलाई विद्यालय पठाउन र पढाउन उत्प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ। उक्त कार्यक्रमअन्तर्गत छात्राहरूलाई  साइकल वितरण गर्ने गरेको छ।

छात्राहरूलाई वितरण गर्नका लागि प्रदेश सरकारले साइकल खरिद गर्ने क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर सबै कागजात नियन्त्रणमा लिएको हो। कार्यालयमा अख्तियारले छापा मारेको मुख्यमन्त्रीको सचिवालयले पनि पुष्टि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved