कांग्रेस १४ औं महाधिवेशन : पुराना भर्सेस नयाँ पुस्ता

अहिलेसम्म वडादेखि स्थानीय तहको अधिवेशन प्रक्रिया हेर्दा लाग्छ-कांग्रेसका यसअघि संस्थागत गुटहरू भत्किने र नयाँ गुटहरू महाधिवेशनमा बलियो गरी आउने सम्भावना छ।

कांग्रेस १४ औं महाधिवेशन : पुराना भर्सेस नयाँ पुस्ता

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका जसरी बढिरहेको छ, कांग्रेसमा त्यसरी नै नेताहरूको ‘पोजिशन’बारे विभिन्न टिप्पणी हुन थालेका छन्।
शनिबार संघीय राजधानी काठमाडौ र प्रदेश १ राजधानी विराटनगरको नगर अधिवेशन हुँदै छ। यसैगरी हिमाली १९ ओटा जिल्लाको अधिवेशन प्रक्रियासमेत शुरु भएको छ।

एक हप्ताअघि मात्रै कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले दशैंसम्म सबै स्थानीय तह र हिमालतर्फ २१ जिल्लाको अधिवेशन गरिसक्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि कांग्रेसको निर्वाचन समितिले त्यसैअनुसार कार्यतालिका बनाएर अधिवेशनका काम बढाएका छन्। हुन त यसअघि गत ९ गते ५४ ओटा जिल्लाको स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको छ।

२१ मध्ये १९ हिमाली जिल्लाको अधिवेशन शुक्रबारदेखि नै शुरु भइसकेको निर्वाचन समितिका संयोजक महादेव यादवले नेपाल भ्यूजलाई बताए। डोल्पा र रसुवामा निर्वाचन प्रतिनिधि गए पनि स्थानीय नेताहरूले दशैंपछि मात्रै जिल्ला अधिवेशन गर्ने अडान लिएका यादवले बताए।

यसैगरी क्रियाशील सदस्यताका कारण बाँकी रहेका १३ जिल्लाको अधिवेशन दशैंअगावै हुने सम्भावना अब छैन। १३ मध्ये नौ जिल्लाको सदस्यता विवरण सार्वजनिक भए पनि चार ओटा जिल्लाको विवरण अझै सार्वजनिक भएको छैन। रौतहट, बारा, सप्तरी र रसुवामा क्रियाशील सदस्यता विवरण सार्वजनिक नभएकाले १३ औटै जिल्लामा एकसाथ निर्वाचन गराउने तयारीमा निर्वाचन समिति छ।

तर विश्लेषकहरू अहिलेसम्म वडादेखि स्थानीय तहको अधिवेशन प्रक्रिया पूरा गर्न लाग्दा कांग्रेसका यसअघि संस्थागत गुटहरू भत्किने र नयाँ गुटहरू महाधिवेशनमा बलियो गरी आउने सम्भावना रहेको बताउँछन्।

जो दशैंपछि मात्रै हुन सक्ने सम्भावना छ। दशैंअघि निर्वाचन समितिले ६५ ओटा जिल्लाको स्थानीय तहसम्म २१ मध्ये १९ हिमाली जिलाको अधिवेशन सम्पन्न गराउने गरी अहिले काम गरिरहेको छ।

अहिलेसम्मको सन्देश

कांग्रेसको वडादेखि स्थानीय तहको ६५ जिल्लाको अधिवेशन सकिन लागेको छ। देशको प्रमुख शहरहरू काठमाडौं, विराटनगरजस्ता महानगरमा आज (१६ असोज) नयाँ नेतृत्वको चयन हुँदै छ।

पोखरालगायत केही प्रमुख शहरहरूमा यसअघि नै नयाँ नेतृत्व आइसकेको छ। हुन त केन्द्रीय महाधिवेशनको प्रतिनिधि क्षेत्रीय निर्वाचनपश्चात् मात्रै तय हुने भएकाले महाधिवेशनमा प्रभाव पार्छ नै।

तर वडादेखि पालिकासम्म नयाँ नेतृत्वकै प्रभाव क्षेत्रीय अधिवेशनमा पर्ने लगभग निश्चित छ। कांग्रेस महाधिवेशनको कार्यतालिकालाई नजिकबाट नियालिरहेका विश्लेषक पुरञ्जन आचार्य अहिलेसम्मको अधिवेशनले कांगेसको १४ औं महाधिवेशनमा पुराना पुस्ता भर्सेज नयाँ पुस्ताको द्वन्द्व बलियो गरी देखिने बताउँछन्।

“वडादेखि स्थानीय तहसम्म कांग्रेसको अधिवेशनमा युवापुस्ताको आकर्षण देखिएको छ”, आचार्यले नेपालभ्यूजसँग भने, “यसले केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटमा पनि प्रभाव पार्ने निश्चितजस्तै छ र यसले महाधिवेशनमा युवालाई पुराना पुस्तासँग लड्ने बलियो आधार दिन्छ।”

सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्ताबाट कांग्रेसले मुक्ति खोजे पनि पनि अहिलेसमको अधिवेशन सन्देश प्रस्ट रहेको आचार्य दाबी गर्छन्।
तर शुक्रबार मात्रै वरिष्ठ नेता पौडेलले हिजो तनहुँमा कांग्रेसमा पुस्तान्तरणभन्दा रुपानान्तरण खाँचो रहेको बताएका थिए। उमेरभन्दा विचारले पार्टीमा रुपानान्तरण ल्याउने सकिने उनको भनाइ थियो।

तर विश्लेषकहरू अहिलेसम्म वडादेखि स्थानीय तहको अधिवेशन प्रक्रिया पूरा गर्न लाग्दा कांग्रेसका यसअघि संस्थागत गुटहरू भत्किने र नयाँ गुटहरू महाधिवेशनमा बलियो गरी आउने सम्भावना रहेको बताउँछन्।

जस्तोः संघीय राजधानी काठमाडौंमै आजदेखि नै हुन लागेको महानगर अधिवेशनमा पूर्वउपसभापति प्रकाशमान सिंह र महामन्त्री उममेदवारी दिएका गगन थापा एकसाथ देखिएका छन्।

सिंह र थापाले महानगरमा एउटै प्यानलबाट आफनो पक्षको उम्मेदवारी दिएपछि सभापति देउवा र पूर्वमहामन्त्री सिटौला एकसाथ देखिएका छन्। युवा नेता थापा १३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थिए। तर यो पटक उनले पूर्वउपसभापति सिंहसँगै बढ्ने संकेत गरेका छन्।

शुक्रबार उनले काठमाडौंमा बनेको आफूहरूको समीकरण केन्द्रीय महाधिवेशनसम्मै जाने घोषणासमेत गरे। यो परिघटनाले कांग्रेसभित्र नयाँ समीकरणहरू बन्ने सम्भावनाले मूर्त रुप लिन थालेको संकेत पनि विश्लेषकहरूले गर्न थालेका छन्।

आचार्यले केन्द्रीय महाधिवेशनको अन्त्यमा पुराना नेताहरू भर्सेज नयाँ पुस्ताको द्वन्द्व देखिन सक्ने बताए।

पुराना भत्किँदै, नयाँ जन्मिँदै

१३ औं महाधिवेशनबाट कांग्रेसमा खुलेर मुख्यतः तीन ओटा समूह देखापरेका थिए। सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौला समूह। तर १४ औं महाधिवेशनको अन्तिम रस्साकस्सीमा रहेको कांग्रेसमा यो पटक अघिल्लो महाधिवेशनको समीकरण बदलिने लगभग अब निश्चितजस्तै भएको छ।

सभापति देउवा पक्षबाट उपसभापति विमलेनद्र निधि, वरिष्ठ नेता पौडेल पक्षबाट पूर्वसभापति प्रकाशमान सिंह, गगन थापाको समूह, कोइराला परिवार र पूर्वमहामन्त्री सिटौलाको समूहबाट थापा बाहिरिएसँगै परिवर्तन आउन सक्ने निश्चितजस्तै छ।

तर यी समूह पनि एकअर्कासँग छलफलमै सक्रिय रहँदा पुरानो गुटमा नयाँ मिल्ने सम्भावना पनि उत्तिकै छ। सभापति देउवा पूर्वमहामन्त्री सिटौलासँग मिल्न सक्ने र कोइराला परिवार र पूर्वउपसभापति सिंह समूह वरिष्ठ नेता पौडेल पक्षसँग पछिल्लो समूह निरन्तर छलफलमा छ।

पूर्वउपसभापति सिंह, महामन्त्री संशाक कोइराला र उपसभापति निधि पछिल्लो समय लगातार भेटघाटमा छन्। कांग्रेस नेता चन्द्र भण्डारी भने १३ औं महाधिवेशनयता गुटहरू कम हुनुभन्दा थपिने क्रम बढेको स्विकार्छन्। भण्डारी भन्छन्, “हाम्रो राजनीतिमा नौतिकता, सिद्धान्त र विचार गौण बन्न गयो र राजनीति हार-जितको खेलमा फस्यो।”

प्रजातन्त्रमा निर्वाचनले नयाँ नयाँ नेतृत्व स्थापित गर्नुपर्ने हो भण्डारी बताउँछन्। भन्छन, “तर हाम्रो हेर्नुभयो भने ३० वर्षदेखि एउटै तप्का सबै पार्टीमा कब्जामा गरेर बसिरहेको छ।”

नेपालको सन्दर्भमा जति ओटा निर्वाचन उति नै पार्टीमा गुटहरू थपिने क्रम रहेको भण्डारीको बुझाइ छ। त्यही भएर कांग्रेसको महाधिवेशनमाबाट पनि फेरि गुटहरू थपिनेबाहेक अरू केही नहुने उनको विश्लेषण छ।

१४ औं महाधिवेशनको सम्भावित परिदृश्य

१३ औं महाधिवेशनका गुटहरू परिवर्तन हुने र बढ्न पनि सक्ने छाँटकाटबीच मंसीरमा हुने महाधिवेशनमा शीर्ष नेताहरूको सम्भावित समूहबन्दीप्रति सबैको चासो बढेर गएको छ।

नेताहरू जिल्ला अधिवेशनपछि र महाधिवेशन प्रतिनिधिहरू छनोट भइसकेपछि मात्रै त्यसले मूर्त रूप लिनसक्ने दाबी गर्छन्। तर स्थानीय तहसम्मका अधिवेशन हेर्दा सभापति देउवासँग पूर्वमहामन्त्री सिटौलाको समीकरण बन्ने सभावना देखिएको छ भने वरिष्ठ नेता पौडेलको पक्षबाबाट दुई वा तीन जनासम्म सभापतिको उम्मेदवार बन्न सक्ने सभावना छ।

वरिष्ठ नेता पौडेल आफै पनि पछि नहट्ने अडानमा छन् भने त्यसको साथै महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति सिंह र शेखर कोइराला सभापतिमा उम्मेदवारी घोषणमा गरेका छन्। सोही अनुसार उनीहरू आफनो समूह बनाउन पनि प्रयासरत छन्।

१३ औं महाधिवेशनका गुटहरू परिवर्तन हुने र बढ्न पनि सक्ने छाँटकाटबीच मंसीरमा हुने महाधिवेशनमा शीर्ष नेताहरूको सम्भावित समूहबन्दीप्रति सबैको चासो बढेर गएको छ।

अन्त्यमा गएर कोइराला परिवारबाट एक जनाले मात्रै उम्मेदवारी दिए पनि पौडेल, सिंह र कोइराला परिवार गरी तीन जना उम्मेदवार हुनेछन्। यस्तोमा १३ औं महाधिवेशनमा सभापति देउवा खेमाबाट महामन्त्रीका उम्मेदवार बनेका अर्जुननरसिंह केसी कता जान्छन् त्यो हेर्न बाँकी छ।

केसी १३ औं महाधिवेशनमा देउवा खेमाबाट उमेदवार भए पनि पछिल्लो समयमा उनी पौडेल पक्षतिर लागेका छन। उनी आफलाई भने देउवाविरुद्ध एउटा साझा उम्मेदवार बनाउन प्रयासरत रहेको बताउँछन्।

“सभापतिइतर पक्षबाट सभापतिको एउटै मात्र उम्मेदवार बन्नुपर्छ भन्ने मेरो मान्यता हो”, केसीले भने, “म यही पक्षमा रहेको र महाधिवेशनको अन्त्यसम्म प्रयासरत रहन्छु।” यद्यपि केसी यो पटक गगन थापालाई महामन्त्री बनाउन अन्त्यसम्म लाग्न सकने धेरैको आकलन छ।

यता सभापति देउवाबाट अलग भएर उपसभापति निधिले त सभापतिको उम्मेदवारी नै घोषणा गरिसकेका छन्। निधिले पनि प्रवक्ता विश्वप्रकाश शर्मालाई आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवारी गराएर आफ्नो अलग मुह रहने सन्देश दिइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved