नेपालमै कोरोनाको अणुवांशिक परीक्षण शुरु

नेपालमै कोरोनाको अणुवांशिक परीक्षण शुरु

काठमाडौं। नेपालमै कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन अणुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षण शुरु भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परीक्षण शुरु भएको हो।

अणुवांशिक परीक्षण कोरोना लगायतका भाइरसको भेरियन्ट पत्ता लगाउन गरिने एक प्रकारको परीक्षण हो। पीसीआर परीक्षणमा कोरोना भाइरसको जिन शरीरमा छ वा छैन भनेर परीक्षण गरिन्छ भने यस परीक्षणमा उक्त भाइरस कुन भेरियन्टको हो भनेर अध्ययन गरिन्छ।

भदौ र असोजमा ४१ ओटा नमूना संकलन गरिएकोमा ती सबैमा डेल्टा भेरियन्ट देखिएको प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन्। उनका अनुसार एउटा नमूना भने गत बैशाखमा संकलन गरिएकोमा त्यसमा भने अल्फा भेरियन्ट देखिएको छ।

यसअघि नेपालमा सर्वप्रथम अल्फा भेरियन्ट पुष्टि भएकोमा त्यसपछि अहिलेसम्म कोभिडको बिटा, गामा र डेल्टा गरी चारओटा भेरियन्ट पुष्टि भएको छ।

आगामी एक महीनामा ९६ ओटा नमूनाको परीक्षण गर्ने तयारी गरेको जानकारी उनले दिइन्।

यसअघि केही निजी क्षेत्रले अणुवांशिक परीक्षण गरेपनि सरकारी स्तरमा भने पहिलोपटक यस्तो परीक्षण शुरु भएको जानकारी उनले दिइन्। यसअघि सरकारले कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन परीक्षणका लागि नमूना विदेशमा पठाउने गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved