मल समस्या समाधान गर्न बाराबाट प्रधानमन्त्रीलाई ज्ञापन

नेपालभ्युज

मल समस्या समाधान गर्न बाराबाट प्रधानमन्त्रीलाई ज्ञापन

कलैया। युरिया मल अभाव लगायत किसानहरूको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।

किसानहरूले राखेका मागहरू पूरा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरबारमा ज्ञापनपत्र बुझाइएको हो।

समस्या समाधानका लागि सरकारले कुनै चासो नदिएको भन्दै बुधबार बाराका किसानहरूले प्रदर्शन गरेका थिए।

नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहे पनि सरकारको उदासिनताले  कृषि पेशा तथा कृषकहरू मर्कामा परेको तथा अहिलेको आधुनिक युगमा विश्व बजारको तुलना गर्न सरकारले मलखाद दिन नसकेको किसानहरूको आरोप छ।

धान बालीको बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरूले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका थिए। बजारमा मलको अभाव भएपछि भारतबाट खेतीका लागी मलखाद ल्याउँदा सिमानामा सुरक्षाकर्मीले खोसेपछि खेती गर्न समस्या भएको किसानको गुनासो छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved