आवास निर्माणको माग गर्दै रौतहटमा दलितले प्रदर्शन गरे

उनीहरूले आवास निर्माण भइरहेको अनियमितताको अविलम्ब छानबिन हुनुपर्ने, कमिशनका लागि भुक्तानी रोक्नेलाई कारबाही गर्ने र बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्ने, निर्माणाधीन घरहरू छिटो पूरा गर्नुपर्ने तथा दलित युवालाई सीप तथा रोजगारीको व्यवस्था हुनुपर्ने माग राखेका छन्।

नेपालभ्युज

आवास निर्माणको माग गर्दै रौतहटमा दलितले प्रदर्शन गरे

गौर। गरिब दलितलाई आवासको हकबाट वञ्चित गरेको भन्दै रौतहटका दलितहरूले विशाल प्रदर्शन गरेका छन्।

संविधानमै दलितहरूका लागि आवासको हक मौलिक हकको रुपमा व्यवस्था गरिएको भए पनि राज्य पक्षले नै बेवास्ता गरेको भन्दै मंगलबार रौतहट सदरमुकाम गौरमा हजारौँको संख्या दलित तथा विपन्न वर्गले प्रदर्शन गरेका हुन्।

आन्दोलनको अगुवाइ गरिहरेको दलित आवास निर्माण संघर्ष समिति, रौतहटले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारसमक्ष आठबुँदे माग राख्दै ज्ञापन-पत्रसमेत बुझाएका छन्। आफ्ना माग पूरा नभए सशक्त संघर्ष गर्ने चेतावनीसमेत दिएका छन्।

ज्ञापनपत्र बुझाउदै प्रदर्शनकारीले गरिब दलितलाई आवास व्यवस्था हुनुपर्ने, राज्यको हरेक निकायमा दलितको जनसंख्याको अनुपातमा आरक्षण व्यवस्था हुनुपर्ने, संवैधानिक मौलिक हकको रुपमा रहेको जातीय छुवाछूत गर्न नहुने हक तथा आवास निर्माणको हक पूर्ण कार्यान्वयन हुनुपर्ने,आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारबाही हुनुपर्ने माग राखेका हुन्।

त्यस्तै उनीहरूले आवास निर्माण भइरहेको अनियमितताको अविलम्ब छानबिन हुनुपर्ने, कमिसनका लागि भुक्तानी रोक्नेलाई कारबाही गर्ने र बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्ने, निर्माणाधीन घरहरू छिटो पूरा गर्नुपर्ने तथा दलित युवालाई सीप तथा रोजगारीको व्यवस्था हुनुपर्ने माग राखेका छन्।

प्रदेश सरकारको मातहतको जनता आवास कार्यक्रममा भ्रष्टाचार गरी गरिब दलितको आवास निर्माण रोकेर अलपत्र पारेको भन्दै उनीहरूले जिल्लास्थित जनता आवासको कार्यालय घेराउ गरेका हुन्।

आफ्ना माग पूरा गरी दलितलाई आवासको हकबाट वञ्चित गरे जिल्लाको कुनै पनि कार्यालय चल्न नदिने उनीहरूको चेतावनी दिएका हुन्।

सुरक्षित नागरिक आवास कार्यक्रममा भएको भ्रष्टाचारको विषय लिएर यही १५ साउनमा हरेक स्थीय तह घेराउ गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ। माग पूरा नभए केही दिनपछि समीक्षासहित थप संघर्षको कार्यक्रम तय गर्ने बताइएको छ। बर्सेनि जनता आवास तथा नागरिक आवास कार्यक्रमको धेरै रकम फ्रिज हुँदै आएको छ।

प्रदर्शनमा दलित नेताहरू चन्देश्वर बैठा, रामपुकार दास, रामनाथ माझी, वीरचन रामलगायतले नेतृत्व गरेका थिए। सो अवसरमा पूर्वप्रदेश सांसद कुन्दन कुश्वाहा, कम्युनिष्ट नेताहरू त्रिभुवन साहुअमरु, उपेन्द्र साह, राजन यादव, राजेश साहलगायत सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved