ईपीएल

विराटनगरमाथि चितवन विजयी

नेपालभ्युज

विराटनगरमाथि चितवन विजयी

काठमाडौं। एभरेष्ट प्रिमियर लिगअन्तर्गतको आजको पहिलो खेलमा चीतवन टायगर्सले विराटनगर वारियर्सलाई पराजित गर्दै जितको शुरुआत गरेको छ।

टस हारेर ब्याटिङ गरेको विराटनगरले १५२ रनको टार्गेट दिएको थियो। चितवनले २० ओभरको अन्तिम बलमा ८ विकेटको क्षतिमा उक्त टार्गेट पूरा गर्‍याे।

चितवनको लागि राजेश पुलामी मगरले ४३ र भीम सार्कीले ३० रनको योगदान दिए।

हिजो भएको खेलमा काठमाडौं किंग्स ११ ले सात विकेटले ललितपुर प्याट्रियट्सलाई पराजित गरेको थियो। त्यसै गरी आज हुने अर्को खेल भैरहवा ग्लाडओटर्स र पोखरा राइनोबीच हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved