आईपीएल क्रिकेटमा दिल्लीले हरायो राजस्थानलाई

नेपालभ्युज

आईपीएल क्रिकेटमा दिल्लीले हरायो राजस्थानलाई

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले हराएको छ । जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन मात्रै बनायो । राजस्थानका सञ्जु स्यामसनले अविजित ७० रन जोडे । तर, जित दिलाउन सकेनन् ।

दिल्लीका एनरिच नोर्कियाले २ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमायो । उसले १ सय ५४ रन बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved