डिशहोमको फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

नेपालभ्युज

डिशहोमको फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

झापा। डिशहोमको फाइबरनेट सेवा झापास्थित बिर्तामोडमा विस्तार गरिएको छ। बिपिन्द्र न्यौपानेले बिर्तामोडमा उक्त सेवा विस्तार गरेका हुन्।

बिक्री प्रवन्धक न्यौपानले प्रत्येक व्यवसाय र सर्वसाधारणलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा दिने बताए। तत्काल बिर्तामोडबाट सेवा शुरु गरिएकोमा झापाका अन्य स्थानमा चाँडै फाइबरनेट पुर्‍याउने तयारी गरिएको जानकारी उनले दिए।

डिशहोमले सन् २०२० देखि फाइबरनेट सेवा शुरु गरेको थियो। कम्पनीले यसअघि काठमाडौं उपत्यकासहित उपत्यकाबाहिर बनेपा, हेटौँडा, सुनसरी, महोत्तरी, रुपन्देही, धरान, धनुषा, मोरङ लगायतका जिल्लामा फाइबरनेट सेवा विस्तार गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved