साइकल वितरणको नाममा छात्राबाट गैरकानूनी असुली

नेपालभ्युज

साइकल वितरणको नाममा छात्राबाट गैरकानूनी असुली

बर्दिबास : नेपाल सरकारले निःशुल्क शिक्षा प्रदान गर्ने भने पनि सामुदायिक विद्यालयहरूले गैरकानूनी रूपमा विद्यार्थीहरूसँग विभिन्न बहानामा पटक-पटक शुल्क उठाउँदै गरेको पाइएको छ।

महोत्तरीको बर्दिबास नगरपालिका-९ पशुपतिनाथ बनरझुलास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले कक्षा ९ मा अध्यनरत विद्यार्थीहरूबाट रकम असुलेको हो।

छात्राहरूले पाउने ‘बेटी पढाऊ बेटी बचाऊ’अभियानअन्तर्गत निःशुल्क रूपमा साइकल पाउनुपर्ने भए पनि प्रत्येक छात्राबाट विद्यालयले साइकल ढुवानी खर्च भन्दै गैरकानूनी रूपमा रकम असुलेको हो।

विद्यालयको ३६ जना छात्रासँग तीन सय रुपैयाँका दरले यसरी रकम असुलेको पाइएको हो। तर विद्यालयले प्रत्येक छात्राबाट यसरी पैसा उठाए पनि त्यसबापत कुनै प्रकारको रसिद पनि नदिएको एक छात्राले बताइन्।

बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले भने विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले साइकल ढुवानी खर्चबापत रकम असुली गरिएको बताउँछन्। विद्यालयले यसरी गैरकानूनी रूपमा रकम उठाए पनि मेयर कार्कीले भने यसलाई गैरकानूनी भनेनन्। यस विषयलाई आफूले कारबाही गर्न नमिल्ने पनि उनले बताए।

उक्त विद्यालयका ‍प्रधानाध्यापक हरिदेव महतोले भने यो विषमा केही बोल्न मानेनन्। विद्यालय व्यस्थापन समितिका अध्यक्ष राम जतन महतोले विद्यालयमा यसैगरी मनपरी गर्दै आएका स्थानीयले आरोप लगाउँदै आएका छन्।

केही दिनअघि मात्र उक्त विद्यालयले कक्षा १० का विद्यार्थीहरूबाट एसईई परीक्षा शुल्कसँगै विद्यालय विकास शुल्कको नाममा गैरकानूनी रकम असुली गरेको थियो। विद्यालयको कक्षा १० मा अध्ययनरत ४५ जना विद्यार्थीसँग विद्यालय विकास शुल्कको नाममा चार सय ५० रुपैयाँका दरले विद्यालयले रकम असुलेको थियो।


Comment

One thought on “साइकल वितरणको नाममा छात्राबाट गैरकानूनी असुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved