कतार पुगे कोलम्बियन फुटबल स्टार रोड्रिगेज

प्रिमियर लिग क्लब एभर्टनमा रहेका रोड्रिगेजले अब कतारमा फुटबल खेल्न लागेका हुन्। उनी कतारी क्लब अल रायनमा अनुबन्धित भएका छन् ।

नेपालभ्युज

कतार पुगे कोलम्बियन फुटबल स्टार रोड्रिगेज

एजेन्सी। कोलम्बियन स्टार फुटबलर जेम्स रोड्रिगेज व्यावसायिक फुटबल खेल्नका लागि कतार पुगेका छन्। प्रिमियर लिग खेलिरहेका रोड्रिगेज कतारी क्लबमा अनुबन्धित भएका हुन्।

प्रिमियर लिग क्लब एभर्टनमा रहेका रोड्रिगेजले अब कतारमा फुटबल खेल्न लागेका हुन्। उनी कतारी क्लब अल रायनमा अनुबन्धित भएका छन् ।

तर, रोड्रिगेज कति रकममा कतार पुगे भन्ने खुलाइएको छैन। उनी प्रिमियर लिग छाडेर कतारी क्लबमा अनुबन्धित भएको इंग्लिस क्लब एभर्टनले बुधबार जनाएको छ।

३० वर्षीय कोलम्बियन स्टार गत सिजनमात्रै एभर्टन पुगेका थिए। रियल मड्रिडका पूर्व मिडफिल्डर रोड्रिगेजले राफायल बेनिटेज मुख्य प्रशिक्षक भएपछि एभर्टनमा मैदान उत्रने मौका नपाएपछि उनले कतारी क्लब रोजेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved