जब ६० वर्षीय उपराष्ट्रपति फुटबल मैदानमा उत्रिए…

जब ६० वर्षीय उपराष्ट्रपति फुटबल मैदानमा उत्रिए…

काठमाडौं। रोनी ब्रन्सविक दक्षिण अमेरिकी महादेशको उतरपूर्वी एट्लान्टिक तटमा रहेको एक राष्ट्र सुरिनामका उपराष्ट्रपति हुन्। उनी ६० वर्षका भए। अर्को कार्यकालका लागि उनलाई सुरिनामको राष्ट्रपतिको प्रबल दाबेदारको रूपमा हेरिन्छ।

तिनै ब्रन्सविक मंगलबार फुटबल मैदानमा देखिए, खेलाडीको रूपमा। खेलाडी मात्र होइन सुरिनामका पहिलो श्रेणीको क्लब इन्टर मोइनगोटापोएलाई कप्तानी नै गर्दै उनी मैदान उत्रेका थिए।

६० वर्षको उमेरमा उपराष्ट्रपति ब्रन्सविकले व्यावसायिक क्लबबाट ५४ मिनेट खेल खेले। एक दिन राजनीतिबाट विश्राम लिँदै उनले यो खेल खेल्ने निर्णय गरेका थिए। तर कसैले पनि सोचेका थिएनन् कि उनी यति लामो समय मैदानमा टिक्छन् भनेर।

उनले शुरुआती ५-१० मिनेट खेलेर मैदान छाड्ने सबैको अनुमान थियो। तर ब्रन्सविकले खेलको पहिलो हाफ मात्र होइन, दोस्रो हाफको थप ९ मिनेटको खेल पनि खेले।
स्पेनिस फुटबलविज्ञ एलिक्स मार्टिन टामायोले सामाजिक सञ्जालमा लेख्छन्, “रोनी ब्रन्सविक (सुरिनामका उपराष्ट्रपति र मोइनगोटापोए क्लबका अध्यक्ष) अन्तर्राष्ट्रिय क्लब फुटबल खेल्ने सबैभन्दा पाका खेलाडी (६० वर्ष १९८ दिन) बनेका छन्।”

खेलमा उनले ६१ नम्बरको जर्सी लगाएका थिए। जुन उनको जन्म वर्ष सन् १९६१ को सांकेतिक नम्बर थियो। उनले फरवार्ड पोजिसनमा रहेर खेलेका थिए। अर्को रमाइलो के थियो भने उनकै छोरा दमियन ब्रन्सविक पनि टिममा अर्को फरवार्डका रूपमा खेलिरहेका थिए।

तर स्ट्राइकरका रूपमा उपराष्ट्रपतिका बाबुछोरा नै मिलेर पनि यो खेलमा गोल भने गर्न भने सकेनन्। ५४ मिनेटसम्म उनी खेलमा रहँदा उनको टिम ३-० ले पछि परेको थियो। उनी बाहिर निस्किएपछि उनको क्लबले थप ३ गोल खायो।

फुटबलका सौखिन उनी यसै क्लबका पूर्वखेलाडी तथा मालिक पनि हुन्। सन २००२ मा आफैंले फुटबल स्टेडियम बनाएर आफ्नै नामबाट उक्त स्टेडियमको नाम रोनी ब्रन्सविकस्टाडियन राखेका थिए।

सन २००५ मा एक खेल दौरान केही खेलाडीलाई हाते बन्दुक देखाएर तर्साएको आरोपमा उनलाई सुरिनामको फुटबल संघले ५ वर्षका लागि प्रतिबन्ध लगाएको थियो। तर पर्याप्त प्रमाण नपुगेका कारण यो प्रतिबन्धपछि हटेको थियो।

यो खेल कुनै साधारण खेल पनि थिएन। यो त अन्तर्राष्ट्रिय क्लब फुटबल प्रतियोगिता कोनकाकफ लिगअन्तर्गत खेल थियो। जहाँ क्लब इन्टर मोइनगोटापोए अर्को दक्षिण अमेरिकी देश होन्डुरसको क्लब ओलिम्पियासँग खेलिरहेको थियो।

त्यसैगरी सन् २०१२ मा खेल दौरान रेफ्री र अर्को खेलाडीमाथि हातपात गरेका कारण उनी १ वर्ष प्रतिबन्धमा परेका थिए। सन् २०११ यता उनले क्लबबाट फुटबल खेलका छैनन्।

भलै यो खेल मोइनगोटापोएले एकतर्फी रूपमा ६-० गोल अन्तरले हार्‍यो। तर ६० वर्षीय उपराष्ट्रपतिको जोशजाँगर र हिम्मतलाई चाँहि मान्नै पर्छ। उनले यो उमेरमा पनि फुटबलप्रतिको आफ्नो मोहलाई यसरी प्रस्तुत गरे। यस्तै घटनाले विश्वमा फुटबलको क्रेज कति छ भन्ने प्रस्ट पार्छ।

यो खेल कुनै साधारण खेल पनि थिएन। यो त अन्तर्राष्ट्रिय क्लब फुटबल प्रतियोगिता कोनकाकफ लिगअन्तर्गत खेल थियो। जहाँ क्लब इन्टर मोइनगोटापोए अर्को दक्षिण अमेरिकी देश होन्डुरसको क्लब ओलिम्पियासँग खेलिरहेको थियो।

कोनकाकफ लिग उतर अमेरिकी, मध्य अमेरिकी र क्यारेबियन राष्ट्रका क्लबहरूले खेल्ने यो क्षेत्रको दोस्रोस्तरको अन्तरदेशीय क्लब फुटबल प्रतियोगिता हो। जहाँ यो प्रतियोगिताका शीर्ष ५ टिमले कोनकाकफ च्याम्पियन्स लिगमा प्रवेश पाउने गर्छन्।

ठ्याक्कै भन्नुपर्दा कोनकाकफ च्याम्पियन्स लिग यो क्षेत्रको युरोपियन च्याम्पियन्स लिगजस्तै हो भने कोनकाकफ लिग भनेको युरोपा लिगजस्तो हो। खेलपछि उनले विपक्षी टिम ओलिम्पियाको ड्रेसिङ रुममा गएर खेलाडीहरूलाई पैसा बाँडिरहेको भिडियो पनि सार्वजनिक भएको थियो।

न्युयोर्क टाईम्सका अनुसार ब्रान्सविक हालका उपराष्ट्रपति मात्र होइनन्, उनी पूर्वफुटबल खेलाडी, छापामार नेता, बैंक लुटेरा, सुन व्यापारको माफिया र ५० भन्दा बढी सन्तानका पिता हुन्।

ब्रन्सविक सैनिक तथा विद्रोही नेता हुन् जसले देशमा प्रजातन्त्र ल्याउन मुख्य भूमिका खेलेका थिए। सुरिनामको तानाशाह शासकदेखि बोउर्टेसविरुद्ध उनी सन् १९८० को दशकमा गृहयुद्ध थाल्ने उनी प्रमुख छापामार नेता थिए।

यसपछि सक्रिय रूपमा राजनीतिमा लागेका उनलाई देशको वरिष्ठ राजनीतिज्ञको रूपमा हेरिन्छ। पहिलो पटक सन् २००५ मा संसदमा निर्वाचित उनी २०२० मा उपराष्ट्रपति चुनिएका थिए।

                                                                                                                                                                                                   एजेन्सीको सहयोगमा


Comment

5 thoughts on “जब ६० वर्षीय उपराष्ट्रपति फुटबल मैदानमा उत्रिए…

  1. Watch the best live coverage of your favourite sports: Football, Golf, Rugby, Cricket, F1, Boxing, NFL, NBA, plus the latest real madrid legends[/url sports news,
    Breaking news & live sports coverage including results, video, audio and analysis on Football, F1, Cricket, Rugby Union, Rugby League, Golf, Tennis and all …

Leave a Reply to AnnaLak Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved