त्रिकोणात्मक क्रिकेट सिरिज

ओमान टुरमा देखिएको नेपाली टोलीको कमजोरी र बलियो पक्ष

ज्ञानेन्द्रले यसै सिरिजमा ओडीआई क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने पूर्वकप्तान पारसको रेकर्ड पनि तोडेका छन्। पारसले १० खेलबाट ३१५ रन बनाएका थिए। ज्ञानेन्द्रले १६ खेलबाट ४१८ रन बनाएका छन्।

ओमान टुरमा देखिएको नेपाली टोलीको कमजोरी र बलियो पक्ष

काठमाडौं। सन् २०१४ मा टी-ट्वान्टी विश्वकप खेलिसकेको नेपाली क्रिकेटको अबको लक्ष्य एकदिवसीय विश्वकप खेल्नु हो। सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा सहभागी हुनका लागि नेपालले पहिले छनोट प्रतियोगितामार्फत स्थान बनाउनुपर्ने हुन्छ।

उक्त छनोट प्रतियोगितामा पुग्ने बाटाको रुपमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ रहेको छ। लिग डिभिजन-२ मा शीर्ष स्थानमा रहने ३ टिमले विश्व कपको छनोट प्रतियोगिता खेल्न पाउनेछन्। डिभिजन-२ अन्तर्गत नेपालले ओमान टुरका क्रममा ४ खेल सकेको छ। यो टुरबाट हाल नेपाली क्रिकेट टिमको बलियो पक्ष र कमजोरी उजागर भएका छन्।

रेकर्ड ब्रेकिङ पर्फर्मेन्स
पूर्वकप्तान पारस खड्काको सन्यासपछि नेपालको यो पहिलो क्रिकेट प्रतिस्पर्धा थियो। पारसबिनाको नयाँ क्रिकेट युगको शुरुवातमा नेपालले पहिलो खेलमा नै जितका साथ गर्‍यो। यो विजयी शुरुवातलाई सिरिजभर थुप्रै रेकर्डले पछ्यायो।

नेपालले सन् २०१८ मा ओडीआई मान्यता पाएयता यही सिरिजमा पहिलो पटक पीएनजीसँग एकदिवसीय क्रिकेट खेलेको थियो। पहिलो ओडीआई म्याचमा नै पीएनजीमाथि नेपालले २ विकेटको जित दर्ता गरायो।

नेपालका लागि चार खेलाडीले यसै सिरिजमार्फत अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट (ओडीआई) मा डेब्यू गरे। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले पीएनजीसँगको पहिलो खेलबाट नै ओडीआई डेब्यू गरको थिए।

उक्त खेलमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए। जुन एकदिवसीय क्रिकेटमा नेपाली ओपनरको हालसम्मकै ठूलो साझेदारी हो।

त्यसैगरी अर्को खेलमा नेपालले पीएनजीमाथि १५१ रनको कीर्तिमानी जित निकाल्यो। ओडीआई म्याचमा १५१ रनको जित नेपालको हालसम्मकै ठूलो जित हो। यसअघि नेपालको ओडीआई म्याचमा सर्वाधिक ठूलो जित यूएईविरुद्ध १४५ रनको थियो।

सिरिजमा अमेरिकासँगको पहिलो खेल ५ विकेटले जित्दै अमेरिकाविरुद्ध एकदिवसीय क्रिकेटमा नेपालले लगातार तेस्रो जित निकाल्यो। तर अर्को खेलमा नेपाल ६ विकेटले पराजित हुँदा ओडीआईमा अमेरिकासँगको पहिलो हार पनि यही सिरिजमा व्यहोर्योे।

यसै सिरिजमा नेपाल ओमानलाई पहिलो पटक ओडीआई म्याचमा हराउने रेकर्ड बनाउन सफल भयो। सिरिजको अन्तिम म्याचमा ओमानलाई नेपालले ७ विकेटले हरायो।

खेलमा ओपनर आसिफ शेखले कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटको लागि ९५ रनको कीर्तिमानी साझेदारी गरे। नेपालको ओडीआई क्रिकेटमा ९५ रनको साझेदारी कुनैपनि विकेटका लागि हालसम्मकै उच्च हो।

त्यसैगरी म्याचमा अर्धशतक प्रहार गर्दै कप्तान ज्ञानेन्द्र मल्ल ओडीआई क्रिकेटमा नेपालका लागि सर्वाधिक ४ अर्धशतक बनाउने पहिलो खेलाडी बने। ज्ञानेन्द्रले यसै सिरिजमा ओडीआई क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने पूर्वकप्तान पारसको रेकर्ड पनि तोडेका छन्। पारसले १० खेलबाट ३१५ रन बनाएका थिए। ज्ञानेन्द्रले १६ खेलबाट ४१८ रन बनाएका छन्।

नेपालका लागि चार खेलाडीले यसै सिरिजमार्फत अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट (ओडीआई) मा डेब्यू गरे। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले पीएनजीसँगको पहिलो खेलबाट नै ओडीआई डेब्यू गरको थिए।

त्यसैगरी अमेरीकासँगको दोस्रो खेलमा अर्का तीव्र गतिका युवा बलर गुल्सन झाले पनि पहिलो पटक राष्ट्रिय टिमबाट ओडीआई खेल खेल्ने मौका पाए। आसिफ, कुशल र गुल्सनको डेब्यू सन्तोषजनक रह्यो।

विक्रमले भने डेब्यू म्याचमा कीर्तिमान नै बनाए। उनले ओडीआइको डेब्यू खेलको पहिलो बलमै विकेट लिने नेपालको पहिलो खेलाडीको रेकर्ड बनाए। अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा विश्वभरका खेलाडीमा भने डेब्यू खेलको पहिलो बलमै विकेट लिने विक्रम २८ औँ खेलाडी बन्न सफल भए।

उता १५ वर्ष २१२ दिनमा ओडीआईमा डेब्यू गरेका गुल्सन एसोसिएट राष्ट्रमा सबैभन्दा कम उमेरमा ओडीआई डेब्यू गर्ने खेलाडी बने। कम उमेरमा ओडीआई डेब्यूको विश्व क्रिकेट सूचीमा भने उनी तेस्रो स्थानमा छन्।
यसै सिरिजमा नेपाली क्रिकेट टिमले पहिलो पटक ओडीआईमा डे एण्ड नाइट (दिनमा र रातमा खेलिने) म्याचमा पनि डेब्यू गर्‍यो।

सन्दीपको उत्कृष्ट फर्म
स्टार स्पिनर सन्दीप लामिछानेले ओमान टुरमा पनि आफ्नो शानदार र कीर्तिमानी बलिङलाई कायमै राखे। पीएनजीसँगको शुरुवाती २ खेलमा सन्दीपले १० विकेट लिएका थिए।

पहिलो खेलमा १० ओभरमा ३५ रन दिएर ४ विकेट लिएका उनले दोस्रो खेलमा मात्र ५.१ ओभर बलिङ गर्दै ११ रन खर्चेर ६ विकेट झारेका थिए। उनी दुवै खेलमा प्लेयर अफ दी म्याच घोषित भएका थिए।

शिक्षक ह्वाटमोरले आसिफ शेख र कुशल भुर्तेललाई यसै सिरिजमार्फत नयाँ ओपनिङ जोडीको रुपमा उतारे। टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुईको ओपनिङ जोडीले पछिल्लो समय राम्रै प्रदर्शन गरेपछि एकदिवसीय टिममा पनि यी दुईले मौका पाएका थिए।

त्यसैगरी अमेरीकाविरुद्धका दुई खेलमा २/२ विकेट लिएका उनले अन्तिम खेलमा ओमानलाई हराउन ८.१ ओभरमा मात्र १८ रन खर्चेर ४ विकेटको योगदान दिएका थिए।

चोटका कारण एक खेल गुमाएका उनले यो सिरिजमा खेलेका ५ खेलमा १८ विकेट उडाएका थिए। सन्दीपले धेरै विकेट मात्र लिएनन्, विपक्षी टिमको रनमाथि पनि अंकुश लगाएका थिए।

५ खेलमा मात्र ३.०६ इकोनोमीमा किफायती बलिङ गरेका उनले हरेक खेलमा २६.६ को औसतमा मात्र १३३ रन दिएका थिए। यो ३.०६ को इकोनोमी र २६.६ को औसतको रन खर्च एक बलरका लागि एकदिवसीय क्रिकेटमा उत्कृष्ट हो।

यो सिरिजमा सन्दीपले थुर्पै कीर्तिमान समेत बनाए। पीएनजीसँगको पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा ६ विकेट झारेका उनले ओडीआई क्रिकेटमा लगातार तीन खेलमा ४ वा सोभन्दा बढी विकेट लिने रेकर्ड बराबर गरेका थिए।

उनले अष्ट्रेलियाका सेर्न वार्न, भारतका मोहम्मद सामी, पाकिस्तानका वकार युनिस लगायतको नाममा रहेको यो रेकर्डमा बराबरी गरे। गत वर्ष नेपालमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को खेलमा अमेरिकालाई ३६ रनमा अल आउट गर्दा सन्दीपले ६ विकेट लिएका थिए।

सन्दीपको यसै खेलको ५.१ ओभरमा ११ रन र ६ विकेटको प्रदर्शन पनि नेपाली बलरको हालसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो। यसअघि गतवर्ष अमेरिका विरुद्धको खेलमा गरेको ६ ओभरमा १६ रन र ६ विकेटको आफ्नै प्रदर्शनलाई सन्दीपले नै सुधारे। साथै ओडीआई क्रिकेटमा नेपालका लागि दुई पटकभन्दा बढी ५ विकेट लिने सन्दीप पहिलो खेलाडी बने।

नयाँ ओपनिङ जोडी जम्ने संकेत
नेपाली क्रिकेटमा ब्याटिङ पक्ष सधैं कमजोर मानिन्छ। त्यसमाथि हाम्रो टिममा एउटै ओपनिङ जोडीले निरन्तरता नपाउनु अर्को समस्या छ। एकाध अवसरबाहेक नेपालको ओपनिङ ब्याटिङ खासै जम्ने गरेको छैन। २ ओपनर बीचको पार्टनरसिप लामो बन्न नसक्दा मिडल अर्डरमा दबाब बढेर धेरै खेल नेपालले गुमाएको छ। त्यसैले बारम्बार नपालको ओपनिङ जोडी फेरिइरहन्छन्।

सन २०१८ मा ओडीआई मान्यता पाएयता यो सिरिज अगाडि कप्तान ज्ञानेन्द्र मल्लसँग एकदिवसीय टिममा चार ओपनर जोडी फेरिए। तर कुनै जोडी पनि जम्न सकेन।

यो समस्यालाई सल्टाउन प्रशिक्षक ह्वाटमोरले आसिफ शेख र कुशल भुर्तेललाई यसै सिरिजमार्फत नयाँ ओपनिङ जोडीको रुपमा उतारे। टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुईको ओपनिङ जोडीले पछिल्लो समय राम्रै प्रदर्शन गरेपछि एकदिवसीय टिममा पनि यी दुईले मौका पाएका थिए।

अधिकांश खेलमा ओपनिङ जोडी मध्ये एक र ज्ञानेन्द्र मल्लले तथा २ खेलमा रोहित कुमार पौडेलले सुझबुझपूर्ण ब्याटिङ गर्दा मध्यक्रमका ब्याट्सम्यानले भने इनिङ जोगाउने लामो पारी सिरिजभर नै खेल्न सकेनन्।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत ओमान टुरको पहिलो खेलमा यी दुईले ६६ रनको साझेदारी गरेका थिए। उक्त खेलमा कुशलले ८४ रन जोडे। अर्को खेलमा ओमानविरुद्ध कुशल डक आउट हुँदा आसिफले ९० रन जोडेका थिए।

अन्तिम खेलमा ओमानलाई पहिलो पटक पराजित गर्ने क्रममा आसिफले ४० रनको योगदान दिएका थिए। यसै सिरिजको पीएनजीसँगको मैत्रीपूर्ण एकदिवसीय खेलबाट आसिफ र कुशलले ओडीआई डेब्यू गरेका थिए। पहिलो खेलमा नै यो जोडिले पहिलो विकेटको रुपमा ४६ रनको साझेदारी गरको थियो।
ओमान टुरको कुल ६ खेलमा निरन्तर उत्कृष्ट र बलियो साझेदारी नदेखाए पनि यी दुईले भविष्यमा नेपालको ओपनिङ जोडीको समस्यालाई समाधान गर्ने संकेत गरेका छन्।

मिडल अर्डरमा समस्या कायमै
पारसको सन्यासपछि नेपाली क्रिकेटमा मिडल अर्डरमा खाडल पर्ने पहिल्यै अनुमान गरिएको थियो। रोहित कुमार पौडेलले शुरुवाती २ खेलमा मिडल अर्डरमा ८६ र ६२ रनको उत्कृष्ट पारी खेल्दै पारसको अभाव महशुस हुन दिएनन्। तर अन्य खेलमा उनी पनि चलेनन्।

सिरिजको पीएनजीसँगको पहिलो खेलमा नै मिडल अर्डर चल्न नसक्दा मात्र १३५ रनको लक्ष्य पूरा गर्न पनि नेपालले ८ विकेट खर्चेको थियो। त्यसपछि दोस्रो खेलमा भने मध्यक्रममा रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले २३३ रनको योगफल तयार पारेको थियो।

अधिकांश खेलमा ओपनिङ जोडी मध्ये एक र ज्ञानेन्द्र मल्लले तथा २ खेलमा रोहित कुमार पौडेलले सुझबुझपूर्ण ब्याटिङ गर्दा मध्यक्रमका ब्याट्सम्यानले भने इनिङ जोगाउने लामो पारी सिरिजभर नै खेल्न सकेनन्।

ओमानसँगको पहिलो खेलमा कुनै समय ९९ रनसम्म मात्र २ विकेट गुमाएको नेपालले मिडल अर्डर चल्न नसक्दा बाँकी ८ विकेट मात्र थप ९७ रन जोड्ने क्रममा गुमाएको थियो।

यस टुरमा मध्यक्रममा भरोसा मानिएका कुशल मल्ल पूरै फ्लप भए। ओमानमा उनले खेलेका ५ खेलमा मात्र ७ रन जोडेका थिए। त्यसैगरी अनुभवी ब्याट्सम्यान बिनोद भण्डारी र मध्यक्रममा प्रयोग गरिएका हार्ड हिटर सोमपाल कामीले पनि कुनै पनि खेलमा लामो पारी खेल्न सकेनन्।

यो सिरिजमा नेपाली टिमका धेरै सकारात्मक पक्ष देखिए। तर सुधार गर्नुपर्ने पाटो चाँहि मध्यक्रममा देखियो। खासगरी मध्यक्रम र त्यसपछिका ब्याट्सम्यानले एकदिवसीय क्रिकेटमा पनि टी-ट्वान्टी शैलीको खेल देखाउनु मुख्य कमजोरी देखिन्थ्यो। खेलको फम्र्याटअनुसार नखेलेर लामो प्रहारहरु धेरै गर्न खोज्दा सिरिजका प्रायः खेलमा नेपालको मिडल अर्डर ध्वस्त हुन पुगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved