काठमाडौंमा सोमबारदेखि भेरोसेलको दोस्रो डोज लगाइने (खोप केन्द्रसहित)

शुक्रबार चीनबाट हालसम्मकै ठूलो संख्यामा ४० लाख डोज भेरोसेल खोप नेपाल आएपछि पुनः खोप लगाउन शुरु गर्न लागिएको हो। 

नेपालभ्युज

काठमाडौंमा सोमबारदेखि भेरोसेलको दोस्रो डोज लगाइने (खोप केन्द्रसहित)

काठमाडौं। सोमबारदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइने भएको छ। शुक्रबार चीनबाट हालसम्मकै ठूलो संख्यामा ४० लाख डोज भेरोसेल खोप नेपाल आएपछि पुनः खोप लगाउन शुरु गर्न लागिएको हो।

बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै काठमाडौं उपत्यकामा सोमबार देखि बिहीबारसम्म कोभिडविरुद्ध भेरोसेल खोपको दोस्रो मात्रा लगाइने जानकारी दिएको छ।

यसअघि ४० देखि ५५ वर्ष उमेर समूहका नागरिक, विद्यार्थी, सार्वजनिक यातायातका चालक तथा सहचालकललाई भेरोसेलको पहिलो मात्रा दिइएको थियो। कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काकाले उक्त समूहसहित दोस्रो मात्रा लगाउन छुटेकालाई खोपको दोस्रो मात्रा लगाउन लागिएको बताए।

कार्यालयले काठमाडौं महानगरपालिकामा खोप लगाउनका लागि ७ वटा केन्द्र तोकेको छ।

यी हुन् खोप केन्द्र

१) नेपाल प्रहरी अस्पताल, महाराजगन्ज

२) सशस्त्र पहरी बल अस्पताल, बलम्बु

३) वीर अस्पताल, रत्नपार्क

४) शिक्षण अस्पताल, महाराजगन्ज

५) निजामती कर्मचारी अस्पताल, बानेश्वर

६) परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल, थापाथली

७) वीरेन्द्र अस्पताल, छाउनी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved