वसन्तपुरमा इन्द्रध्वजा ठड्याइयो (फोटो फिचर)

वसन्तपुरमा इन्द्रध्वजा ठड्याइयो (फोटो फिचर)

काठमाडौं : वसन्तपुरमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा शुरु भएको छ।

शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा ६ः५१ बजे इन्द्रजात्राको लिंगो ठड्याइएको हो।

इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा शुरु हुने परम्परा छ। हरेक वर्ष भदौशुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो ८ गतेसम्म मनाइन्छ।

इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन आइतबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। ४ असोजमा माथिल्लो टोल यात्रा गराइने कार्यक्रम छ। ८ असोजमा नानिचा यात्रा गरिने छ। त्यसै दिन राति १० बजेर ३६ मिनेटमा इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढालिने साइत छ।

कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो। यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम् उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँले जनाएको छ। इन्द्रजात्राको मुख्य दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved