पटाका बरामद

रौतहटबाट एक लाख ५० हजार रुपैयाँ बराबरको पटाका बरामद

नेपालभ्युज

रौतहटबाट एक लाख ५० हजार रुपैयाँ बराबरको पटाका बरामद
रौतहट। सशस्त्र प्रहरीले रौतहटको मौलापुर ६ पथराबुद्धरामबाट ठुलो परिमाणमा विस्फोटक पदार्थ पटाका बरामद गरेको छ।
भारतबाट नेपाल भित्र्याइएको अवस्थामा बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो।
बारा–रौतहटको सिमानामा पर्ने अडुवा नदी हुँदै पथराबुद्धरामसम्म पटाका लिएर पुगेका तस्करले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिए।
बरामद भएको पटाका अन्दाजी करिब  एक लाख ५० हजार रुपैयाँ बराबरको रहेको र त्यसलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवामै खाल्डोमा पुरेर नष्ट गरिएको उनले जानकारी दिए।
पटाका तस्करीमा संलग्न रहेका बौद्धीमाई नगरपालिका–७ का गुड्डु भन्ने रहमजान र सोही ठाउँकै अर्का श्रीराम दास फरार भएका छन्। निजहरूको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। रासस

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved