टाइम म्यागेजिन वर्ष २०२१

१०० प्रभावशाली व्यक्तिको सूचीमा मोदी र ममता बनर्जी पनि

नेपालभ्युज

१०० प्रभावशाली व्यक्तिको सूचीमा मोदी र ममता बनर्जी पनि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र सिरम इन्स्टिच्युट अफ इन्डियाका सीईओ अदार पुनावाला यस वर्षको टाइम म्यागेजिनले निकालेको प्रभावशाली १ सय व्यक्तिको सूचीमा पर्न सफल भएका छन्।

म्यागेजिनले बुधबार ‘२०२१ का १०० सबैभन्दा प्रभावशाली व्यक्ति’को वार्षिक सूची जारी गरेको हो। यस सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, प्रिन्स ह्यारी र पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि छन्।

तालिबान नेता मुल्ला घनी बरादर पनि यस सूचीमा सामेल छन्।

गत वर्ष पनि टाइम म्यागजिनले जो बाइडन र कमला ह्यारिसलाई वर्ष व्यक्ति (पर्सन अफ् दी इअर)  घोषणा गरेको थियो। बाइडेन र ह्यारिसको टिमले गत नोभेम्बर ३ मा भएको चुनावमा जित हात पार्दै इतिहास रचेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved