साल्ट ट्रेडिङ ५९ औँ वर्षमा

‘हाम्रो घर हेटौँडा’लाई बालहित पुरस्कार प्रदान

नेपालभ्युज

साल्ट ट्रेडिङ ५९ औँ वर्षमा

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५९ औँ वर्षमा प्रवेश गरेको छ। दैनिक उपभोग्य बस्तुहरू नुन, चिनी, चामल, दाल अन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यासलगायत वस्तुलाई सुलभ मूल्यमा बिक्री गर्दै आएको साल्ट ट्रेडिङले आइतबार आफ्नो ५८ औँ साधारण सभा सम्पन्न गरेको हो।

साधारण सभाको अवसरमा संस्थाले अघिल्लो वर्षको बालहितकारी संस्थाका रूपमा जीवनस्तर सुधार मञ्चद्वारा सञ्चालित ‘हाम्रो घर हेटौँडा’लाई पुरस्कृत गरेको छ। बाल हक हितमा काम उत्कृष्ट काम गरेको भन्दै उक्त संस्थालाई नगद ७५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

यसैगरी साल्ट ट्रेडिङले अघिल्लो वर्ष कोभिड १९ का कारण कार्यक्रम गर्न नपाएकोमा यस वर्ष अघिल्लो वर्षसहित उत्कृष्ट सेवा दिने कर्मचारीलाई सम्मान गरेको छ। संस्थाले ३५ हजार नगद राशिसहित ईश्वरलाल श्रेष्ठ र ३० हजार नगद राशीसहित हेम बहादुर मल्ललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरेको छ। संस्थाले उत्कृष्ट अंकसहित एसईईमा उत्तीर्ण हुने ४ कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङको सेवा तथा क्षेत्रलाई विस्तार गरी सबैको घरसम्म पुर्‍याइने प्रतिबद्धता गरे।

यसैगरी कर्पोरेशनकी कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले आम नागरिकसमक्ष दैनिक उपभोग्य वस्तु पुर्‍याउने गरी संस्थाले काम गरिरहेको बताइन्। गत वर्ष संस्थाले संकटको बेला रासायनिक मलको उपलब्धता गराएको र अभावका बेला संस्थाले उपभोक्तामाझ ग्यासको आपूर्ति सहज बनाएको स्मरण गर्दै उनले अभावमा संस्थाले उत्कृष्ट सेवा गरिरहेको बताइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी वर्षमा सेवाहरू विस्तार गर्दै जाने प्रतिबद्धता जनाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved