एकीकृत समाजवादीमा सनाखत गराउन माग गर्दै पाण्डे र भट्ट सर्वोच्चमा

नेपालभ्युज

एकीकृत समाजवादीमा सनाखत गराउन माग गर्दै पाण्डे र भट्ट सर्वोच्चमा

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च अदालत पुगेका छन्।

प्रतिनिधिसभा सांसद पाण्डे र राष्ट्रियसभा सदस्य भट्ट एमाले छाडेर एकीकृत समाजवादीमा सनाखत गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालत पुगेका हुन्। पाण्डे र भट्टले आफूहरु समाजवादीमा जान पाउनुपर्ने मागसहित आज बुधबार रिट हालेका हुन्।

नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी फुटाएर नयाँ दल दर्ताको निवेदन दिँदा उनीहरु हस्ताक्षर गर्न छुटेका थिए। तर, पछि दल दर्ताका लागि सनाखत गर्ने समयमा भने उनीहरु उपस्थित भएका थिए। दर्ता आवेदनमा हस्ताक्षर नभएकाले निर्वाचन आयोगले सनाखत गराएको थिएन।

सनाखतभन्दा पछि पार्टी छाडेमा सांसद पद जाने भएकाले उनीहरु रिट लिएर अदालत गएका हुन्। उनीहरुको रिटमा भोलि बिहीबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved