बागमती प्रदेशमा मन्त्रिमण्डल बिस्तार

थपिए ६ मन्त्री र चार राज्यमन्त्री

नेपालभ्युज

बागमती प्रदेशमा मन्त्रिमण्डल बिस्तार

काठमाडौं। बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ। भदौ २ मा मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र चार राज्यमन्त्री थपेकी हुन्।

नवगठित मन्त्रिपरिषद्मा केशव पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्। डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। पाण्डे यसअघि आन्तरिक मामिला मन्त्री थिए।

रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी सामाजिक विकास र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।

त्यसैगरी प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य र चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी तोकिएको छ।

शाक्य मुख्यमन्त्री नियुक्त भएकै दिन सामाजिक विकास मन्त्री नियुक्त भएका कृष्ण खनालले नेकपा (एस) रोज्दै राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो।

जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली राज्यमन्त्री नियुक्त भएका छन्। उनीहरू क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्री नियुक्त भएका हुन् । बुधबार सबै मन्त्री र राज्य मन्त्रीले सपथ लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved