नागरिकता प्रतिलिपि बनाइदिने बहानामा घुस लिने नासु नियन्त्रणमा

नेपालभ्युज

नागरिकता प्रतिलिपि बनाइदिने बहानामा घुस लिने नासु नियन्त्रणमा

काठमाडौं। नागरिकताको प्रतिलिपि बनाइदिने बाहनामा ८ हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा उमेश कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ।

घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट गएको टोलीले जनकपुरधाम उपमहानगरपालिका-४ स्थित लड्डु गोपाल स्वीट्स एण्ड स्न्याक्स पसलबाट चौधरीलाई नियन्त्रणमा लिएको हो।

चौधरीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved