यी हुन् ‘आइडा’ आँधीमा परेर अमेरिकामा ज्यान गुमाउने तीन नेपाली

नेपालभ्युज

यी हुन् ‘आइडा’ आँधीमा परेर अमेरिकामा ज्यान गुमाउने तीन नेपाली

एजेन्सी। उत्तर-पूर्वी अमेरिकामा आएको ‘आइडा’ आँधीमा परेर एकै परिवारका तीन नेपालीको निधन भएको छ। सामुद्रिक आँधी पछिको वर्षा र डुबानमा परेर न्यूयोर्क शहरमा तीन नेपालीको निधन भएको हो।

आइडाका कारण न्यूयोर्क शहरमा बस्दै आएका नेपाली आङ गेलु लामाको पूरै परिवारको निधन भएको हो। शेर्पा संघ अमेरिकाले सामाजिक सञ्जालमार्फत एकै परिवारको तीन नेपालीको आँधीका परेर निधन भएको जानकारी दिएको हो।

निधन हुनेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका २ घर भएका अहिले न्यूयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन्।

उनीहरुसँगै आइडा आँधीबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ४५ नाघिसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved