अमेरिकामा सामुद्रिक आँधी, तीन नेपालीसहित ४५ जनाको निधन

नेपाल भ्युज

अमेरिकामा सामुद्रिक आँधी, तीन नेपालीसहित ४५ जनाको निधन

एजेन्सी। सामुद्रिक आँधी ‘आइडा’मा परेर अमेरिकामा तीन नेपालीसहित ४३ जनाको निधन भएको छ। आँधीका कारण भिषण वर्षा भएको र त्यसपछिको बाढीमा परी उनीहरुको निधन भएको हो।

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा सामुद्रिक आँधीबाट ठूलो मानवीय भौतिक क्षति पुगेको हो। उक्त आँधीमा परेर एकी परिवारका तीन नेपालीको पनि ज्यान गएको छ। न्यूयोर्क शहरमा ३ नेपालीको निधन भएको हो।

आइडा आँधीले अमेरिकी राज्य लुजियानामा ठूलो भौतिक र मानवीय क्षति गराएको छ। लुजियानाबाट प्रभाव पार्न थालेको आइडाले उत्तरपूर्वका न्यूयोर्क, न्यूजर्सी, पेन्सलभेनियालगायत राज्यमा बढी प्रभाव पारेको छ।

आँधीका कारण भिषण वर्षा हुँदा ती क्षेत्रका सडक तथा घरहरु पानीमा डुबेका थिए। ठूलो वर्षापछिको डुबानका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउनेमा अधिकांश घरको तल्लो तलामा रहनेहरु रहेका समाचारमा उल्लेख छ।

आइडा सामुद्रिक आँधीका कारण अमेरिकामा सन् २०१२ मा स्यान्डी आँधीपछि पछिल्लो ९ वर्षमा सबैभन्दा बढी क्षति भएको समाचारमा जनाइएको छ। आइडा प्रभावित राज्यहरुमा अहिले सडक सञ्जाल बन्द हुन पुगेका र बिजुली प्रसारण काटिएको छ।

जलवायु परिवर्तसँगको लडाइँ ‘जीवन र मृत्युको सवाल’ : बाइडेन
राष्ट्रपति जो बाइडेनले जालवायु परिवर्तनले पछिल्लो समय अमेरिकामा प्राकृतिक विपदका घटनामा तीव्रता आएको भन्दै यससँगको लडाइँ ‘जीवन र मृत्युको सवाल’ भएको बताएका छन्।

बाइडेनले आइडा आँधीमा उत्तरपूर्वी अमेरिकाका ४५ जनाभन्दा बढीले ज्यान गुमाएपछि यस्तो प्रतिक्रिया दिएका हुन्। उनले यसलाई रोक्नका लागि तथा जलवायु परिवर्तनसँग लड्नका लागि ऐतिहासिक लगानी आवश्वयक रहेको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved