बज्राचार्य पूजाविधिलाई आर्थिक सहयोग

नेपालभ्युज

बज्राचार्य पूजाविधिलाई आर्थिक सहयोग

ललितपुर । ललितपुर महानगरपालिका-१६ वडाले बज्राचार्य पूजाविधि अध्ययन समितिलाई आर्थिक सहयोग गरेको छ। बिहीबार वडाध्यक्ष निर्मलरत्न शाक्य र वडासदस्यले संयुक्त रुपमा समिति अध्यक्ष दीपक बज्राचार्यलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

लोप हुन लागेको परम्परालाई निरन्तरता दिन र बज्रयान पूजाविधिमा नयाँ पुस्तालाई आर्कषित गर्न आर्थिक सहयोग उपलब्ध गराइएको वडाध्यक्ष शाक्यले बताए। समितिले दान, चन्दा र पुजापाठबाट जुटेको आर्थिक सहयोग मार्फत धार्मिक गतिविधिलाई निरन्तरता दिँदै आएको छ।
समितिको सक्रियतामा विगत २५ वर्षको अवधिमा करिब एक सय जना बज्राचार्य गुरु तयार भएका छन्। २०५२मा स्थापना भएको समितिले प्रत्येक वर्ष ६ महिने बज्राचार्य पूजाविधि प्रशिक्षण हुने गरेको छ। नेवार बौद्ध समाजमा प्रचलित पञ्चदान, आर्यतारा, मुखष्टमी लगायत ब्रत सञ्चालन गर्ने, दिक्षा दिने, बेल विवाह र गुफा राख्ने लगायत संस्कारबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्ने गरिएको समिति अध्यक्ष बज्राचार्यले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved