पूर्व गृहसचिव रेग्मीको निधन

नेपालभ्युज

पूर्व गृहसचिव रेग्मीको निधन

काठमाडौं। पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । ७२ वर्षीय रेग्मीको बिहीबार बिहान निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार उनी केही वर्षयता मधुमेह, मुटु र मिर्गौला रोगले थलिएका थिए। कुशल प्रशासकको छवि बनाएका रेग्मी २०३४ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए।

उनी २०५९ सम्म सरकारी सेवामा थिए।

रेग्मीका दुई छोरा छन्। दुवै जना अमेरिकामा रहेकाले उनीहरू आएपछि मात्रै उनको अन्त्येष्टि गरिने बताइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved