बलात्कार आरोप लागेका मन्त्रीविरुद्ध सुर्खेतमा युवा संघको प्रदर्शन

नेपाल भ्युज

बलात्कार आरोप लागेका मन्त्रीविरुद्ध सुर्खेतमा युवा संघको प्रदर्शन

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियु र युवा संघले  कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग राख्दै जुलुस निकालेका छन्।

मन्त्री शाहीलाई बलत्कारको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गर्दै उनीहरुले आइतबार दिउँसो वीरेन्द्रनगरमा जुलुस निकालेका हुन्।

उनलाई एक महिलाले २०७६ माघमा बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर, अहिले ती महिलाले घटना निराधार भएको बताउँदै आएकी छन्।

ती महिलाले घटनाका विषय धेरै उचाल्न आग्रह गर्दै सामाजिक मानसिक रुपमा आफू विक्षिप्त भएको बताइरहेकी छन्। उनले आत्महत्या गर्ने चेतावनी दिँदै आएकी छन्।

मन्त्री शाहीको निजी सचिवालयले आर्थिक लाभका लागि महिलाले बलात्कार आरोप लगाएको दाबी गर्दै आएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved