साउनमा मात्रै २० जना महिला बलात्कृत, एक जनाको बलात्कारपछि हत्या

नेपालभ्युज

साउनमा मात्रै २० जना महिला बलात्कृत, एक जनाको बलात्कारपछि हत्या

काठमाडाैं। साउनमा मात्र देशभर २० जना महिलामाथि बलात्कार भएको तथ्यांक सार्वजनिक भएको छ। उक्त अवधिमा ५ जना महिलामाथि बलात्कार प्रयास भएको तथ्यांकमा जनाइएको छ।

अनौपचारिक सेवा केन्द्र इन्सेकले देशभर गरेको अनुगमनका क्रममा साउन महिनाभरि विभिन्न घटनामा ३९ जना महिला पीडित भएका देखिएको हो।

बलात्कारका घटनामा २० तथा बलात्कार प्रयासमा ५ जनाबाहेक यौन दुर्व्यवहारका घटनामा ३ जना, जबर्जस्ती यौन कार्यमा लगाएको घटनामा १ जना, एसिड प्रहारको घटनामा १ जना, बेचबिखन घटनामा ४ जना ‘बोक्सी’ आरोपमा १ जना र घरेलु हिंसाका घटनामा ३ जना महिला पीडित भएका इन्सेकले जनाएको छ।

साउन महिनाभरिमा मात्र १ सय ८ जना महिला र ३४ जना पुरुष गरी १ सय ४२ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको पनि इन्सेकले जनाएको छ। उक्त अवधिमा राज्यपक्षबाट ४ जना र अन्यबाट १ सय ३८ जना पीडित भएका इन्सेकको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार प्रदेश २ मा ४९, प्रदेश १ मा २५ जना, लुम्बिनी प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा १७ जना, कर्णाली प्रदेशमा १५, बागमती र सुदूरपश्चिम प्रदेशमा ६र६ जना पीडित भएका छन्।

साउनमा पत्नी हत्याका नौ, परिवारबाटै हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई, एक मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना तीन, पुरुषलाई गरिएको यौन दुर्व्यवहारको घटनामा एक र १५ घाइते भएका प्रतिवेदनमा उल्लेख छ।

यस्तै बाल अधिकार उल्लंघनका ५१ घटना भएको प्रवितेदनमा उल्लेख छ। अभिलिखित घटनामध्ये बलात्कार ३९, यौन दुर्व्यवहार १०, बेचबिखन एक र बेचबिखन प्रयास घटना एक भएका इन्सेकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved