बारामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

नेपालभ्युज

बारामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
सांकेतिक तस्वीर

बारा । बारामा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व-पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति आपसमा ठोक्किएका थिए।

दुर्घटनामा नुवाकोट घुङताङ-३ का ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

दुई वटा मोटरसाइकलमा तीन जना सवार रहेका र घटनास्थलमै सबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved