आकाशेपानीमा निर्भर रुकुमबासीले सिँचाइ पाए

नेपालभ्युज

आकाशेपानीमा निर्भर रुकुमबासीले सिँचाइ पाए

काठमाडौँ। रुकुम (पूर्व) मा सिँचाइ सुविधा बिस्तारै बढ्दै जान थालेको छ। केही समयअघिसम्म जिल्लामा सिँचाइका आयोजना थिएनन्।

आकाशे पानीको भरमा खेती गर्दै आएका जिल्लाका कृषकले अहिले सिँचाइ सुविधा पाएका छन्। जिल्लामा कूल क्षेत्रफलको २० हजार २ सय ६५ हेक्टर जमिन खेतीयोग्य छन् भने तीमध्ये ८ हजार हेक्टरमा सुविधा पुगेको छ।

बाँकी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने प्रयास भइरहेको जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख योगेन्द्र महतोले जानकारी दिएका छन्। कार्यालय र विभिन्न संघसंस्थाका सहयोगमा जिल्लाको ८ हजार हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको महतोले जनाए।

एक सय ६२ हेक्टर क्षेत्रफलमा भने मर्मत गरिएको छ। कार्यालयले आर्थिक वर्ष २०७५/७६ बाट आ व २०७८/७९ सम्ममा ६ सय ८७ हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य राखेको छ। उनका अनुसार अहिलेसम्म छिपखोला, इपीघारी, दादिङ, महत, कोर्जा, खाराबाङ र कोलमा सिँचाइ पुर्‍याइएको छ।

कार्यालयबाट सञ्चालित आयोजनाबाट मात्रै जिल्लाका ८ सय कृषकको खेतमा सिँचाइ पुगेको छ।

अन्य संघसंस्थाबाट सञ्चालित आयोजनाबाट लाभान्वित घरधुरीको विवरण भने नभएको महतोले बताए। कार्यालयले भने ती ठाउँमा लिफ्ट, पोखरी बनाएर र नहर बनाएर सिँचाइको व्यवस्था गरेको छ। यस्तै कार्यालयले कुल खेतीयोगय जमिनको १९ हजार १७५ हेक्टरमा सिँचाइको सुविधा पुर्‍याउने लक्ष्य राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved