सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा पाँच वटा रिट, आजै दर्ता हुने !

नेपालभ्युज

सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा पाँच वटा रिट, आजै दर्ता हुने !

काठमाडाैं। दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट परेका छन्। सरकारले  अस्ति (बुधबार)  केन्द्रीय कमिटी या संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए पार्टी फुटाउन मिल्ने गरी अध्यादेश जारी गरेको थियो। उक्त अध्यादेश हिजो राष्ट्रपतिद्वारा सिफारिस भएको छ।

अनुप अर्याल, प्रवेश केशी, श्रीकान्त बराललगायत पाँच अधिवक्ताले बेग्लाबेग्लै रिट दायरका लागि पेस गरेका सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। आज साँझसम्म रिट दर्ता भइसक्ने उनले बताए। दल विभाजनसम्बन्धी कानुनको व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गर्ने निर्णय खारेजी रिटमा उल्लेख गरिएको पनि उनले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved