सर्लाहीमा किशोरीको शव फेला, हत्या आशंकामा दुई युवा पक्राउ

नेपालभ्युज

सर्लाहीमा किशोरीको शव फेला, हत्या आशंकामा दुई युवा पक्राउ

काठमाडाैंँ। लालबन्दी नगरपालिकामा एक किशोरीको बलात्कारपछि हत्या भएको ४ दिनपछि शव फेला परेको छ। ३१ साउन साँझ घरबाट बाहिरिएकी लालबन्दीकी १४ वर्षीय किशोरीको शव पूर्व-पश्चिम राजमार्गको कालिन्जोर पुलभन्दा केही माथी जंगलमा फेला परेको हो।

स्थानीयका अनुसार किशोरी त्यहीँको एक फर्निचर उद्योगमा काम गर्ने युवकसँग घरबाट बाहिरिएकी थिइन्।

घटनामा संलग्नमा रहेको आरोपमा प्रहरीले स्थानीय दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी-१७ का अनिस दाहाल र सोही ठाउँका कृष्ण साह छन्।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ती अभियुक्तहरूले किशोरीको शव गाडिएको ठाउँ देखाएका थिए।

किशोरीको मृत्युपछि ती दुई किशोर भागेका र प्रहरीले उनीहरूलाई जिल्लाबाट केही तल भागेको ठाउँबाटै १ भदौमा पक्राउ गरेको थियो। पक्राउ परेका ती दुईमाथि प्रहरीले केरकार गरेपछि किशोरीलाई गाडेको ठाउँ देखाएका प्रहरी निरीक्षक थापाले बताए।

घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी किशोरीको शव पोष्टमार्टमका लागि मंगलबार राति नै मंलगवा अस्पताल पठाएको छ।

युवतीको मृत्युको कारण भने खुल्न सकेको छैन। साउन ३१ गते किशोरी बेपत्ता भएको भन्दै परिवारले साउन ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा जानकारी गराएका थिए।

घटनामा अन्य पनि संलग्न रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका उनीहरूलाई हाल लालबन्दी प्रहरी चौकीको कस्टडीमा राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved