मेरो जन्म २००० सालमा काठमाडौंको नक्साल नारायणचौरमा भएको थियो। मेरो सम्झनाको पहिलो पृष्ठमा ब्रतबन्धपछिको पहिलो दशैं छ। ब्रतबन्ध पाँच वर्षमा भएको थियो। दशैं आउन थालेको सूचना जनैपूर्णेले दिन्थ्यो। जनैपूर्णेपछि पर्वहरूको लाम लाग्न थाल्छ। पारिवारिक परम्पराअनुसार ब्रतबन्ध गरेका सबैले कपाल...