बिहारी राजनीतिलाई भारतमा मात्र हैन, दक्षिण एशियाभरि नै निम्नकोटीको मानिन्छ । नीतीश कुमारले यस्तो राजनीतिको प्रतिष्ठा उठाउलान् भन्ने अपेक्षा थियो । तर, जीवनको उत्तरार्धतिर उनी आफैँ बिहारी राजनीतिको खेलाडी सावित भएका छन् । बिहारको दुर्भाग्यलाई नीतीशले बदल्न सकेनन् ।...