बिहारमा नीतीश कुमारले तोडे भाजपासँगको गठबन्धन, मुख्यमन्त्रीबाट राजीनामा दिँदै

नेपालभ्युज

बिहारमा नीतीश कुमारले तोडे भाजपासँगको गठबन्धन, मुख्यमन्त्रीबाट राजीनामा दिँदै

काठमाडौं । भारतको बिहार राज्यमा सरकारको नेतृत्व गरिरहेका नीतीश कुमारले भारतीय जनता पार्टीसँगको गठबन्धन तोडेका छन् । उनको पार्टी जनता दल यूनाईटेड जेडीयूको मंगलबार बसेको बैठकले भाजपासँग सम्बन्ध तोड्ने निर्णय गरेको हो ।

भाजपाको समर्थनमा नितिश कुमारले लामो समयदेखि सरकार चलाइरहेका छन् । तर लोकसभा निर्वाचन आउन एक वर्ष मात्रै बाँकी रहँदा गठबन्धन भत्किँदा भाजपालाई धक्का लागेको छ ।

भाजपासँग सम्बन्ध विच्छेद गर्ने निर्णय लगत्तै मुख्यमन्त्री नीतीश कुमारले राजीनामा दिने तयारी गरेका छन् । अब जेडीयू र लालु यादवका छोरा तेजस्वी यादवले नेतृत्व गरिरहेको राष्ट्रिय जनता दल आरजेडीबीच गठबन्धनको तयारी भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

नयाँ मुख्यमन्त्री को बन्छ भन्ने अझै स्पष्ट भैसकेको छैन । तर नीतीश कुमार नै आरजेडीको समर्थनमा फेरि मुख्यमन्त्री हुने अडकल काटिएको छ । उनी नभए तेजस्वीको संभावना बलियो देखिएको छ । बिहारको विधानसभामा कुल २४३ सिट छन् । बहुमतका लागि चाहिने १२२ सिट आरजेडी र जेडियू मिल्दा पुग्ने भएकाले दुई मध्ये एक दलबाटै भावि मुख्यमन्त्री हुने बताईएको छ । बिहार विधानसभामा आरजेडीका ७९, भाजपाका ७७, जेडीयूका ४५, कांग्रेसका १९ र बाम दलका १६ सांसद छन् ।

भाजपा र जेडीयूबीच केही समययता सम्बन्ध बिग्रिएको थियो । जेडीयूले भाजपाले आफूलाई प्रयोग गरेको आरोप लगाउँदै केन्द्र सरकारको आलोचना गर्दै आएको छ । यी दुई दल गत विधानसभा चुनावमा मिलेर लडेका थिए । भाजपाले आफू दोस्रो ठुलो दल भए पनि तेस्रो ठुलो दल जेडीयूलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved