राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपभित्र राखिएका गोरखनाथ र गणेशका नयाँमूर्तिबाहेक लोकार्पण गरेकी छिन्। काष्ठमण्डपभित्रका गोरखनाथको मूर्ति र गणेशका ४ वटा प्राचीन मूर्तिलाई प्रतिस्थापन गरी नयाँ मूर्ति राखिएकोविरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेकाले ती मूर्तिहरूबाहेक मात्र काष्ठमण्डपको उद्घाटन गरेकी हुन्।