काठमाडौं। अष्ट्रेलियाविरुद्ध लगातार दोस्रो जित निकाल्दै इङ्ल्यान्डले टी–२० क्रिकेट सिरिज जितेको छ । क्यानबेरामा बुधबार भएको खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई ८ रनले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको हो ।
इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १७८ रन बनायो । उसका लागि डेभिड मलानले ८२ र मोइन अलीले ४४ रन बनाए । अष्ट्रेलियाका मार्कस स्टोनिसले ३ र एडम जाम्पाले २ विकेट लिए ।
१७९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर मात्र १ सय ७० रन मात्रै बनाउन सक्यो । मिचेल मार्सले ४५ र टिम डेभिडले ४० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । इङ्ल्यान्डका सैम कुरनले ३ विकेट लिए ।
पहिलो खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको थियो । अन्तिम खेल शुक्रबार हुनेछ ।
Facebook Comment
Comment