करेन्ट लागेर विरगञ्जमा दुई जनाको मृत्यु

नेपालभ्युज

करेन्ट लागेर विरगञ्जमा दुई जनाको मृत्यु

विरगञ्ज। पर्साको विरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-२६ मा  रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा पोलको तार छुन पुग्दा धोबिनी गाउँपालिका- ३ हरिहरपुर बस्ने ३० वर्षका सैफुल्ला अंसारीको मृत्यु भएको हो ।

यस्तै वीरगञ्ज महानगरपालिका-८ बसपार्क स्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा करेन्ट लागेर ज्यालादारीमा काम गर्ने विरगञ्जकै रानिघाटका ६० वर्षका ध्रुबप्रसाद साहको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved