युक्रेनमा मिसाइल आक्रमणबारे रुसी पूर्व राष्ट्रपति भन्छन : ‘यो त सुरुवात मात्र हो’

नेपालभ्युज

युक्रेनमा मिसाइल आक्रमणबारे रुसी पूर्व राष्ट्रपति भन्छन : ‘यो त सुरुवात मात्र हो’
रुसी मिसाइलबाट युक्रेनको राजधानी कीभको सडकमा पुगेको क्षति । तश्वीर : रोयटर्स

कीभ। रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले युक्रेनमा सोमबार भएको ठूलो मिसाइल हमलाबारे प्रतिक्रिया दिँदै थप आक्रमणको चेतावनी दिएका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी समेत रहेका दिमित्री मेदभेदेवले सामाजिक सञ्जालमा लेख्दै रुसी पक्षबाट अहिले भएको आक्रमण सुरुवात मात्रै भएको भन्दै युद्ध थप चर्किने संकेत दिएका बीबीसीले जनाएको छ। उनले पश्चिमा देशले उचालेका कारण युक्रेन अब रुसका लागि निकै खतरनाक देश बनिरहेको भन्दै रुसलाई सुरक्षित राख्न पनि युक्रेनको अहिलेको शासन अन्त्य हुनैपर्ने बताएका छन् ।

रुसी पूर्व राष्ट्रपतिका पछिल्ला भनाईले सम्पूर्ण युक्रेन रुसको प्रभाव क्षेत्रमा नआएसम्म रुसले युद्ध जारी राख्न सक्ने बीबीसीले दाबी गरेको छ । केहि दिनअघि रुस र क्राइमिया जोड्ने युरोपकै सबैभन्दा लामो पूलमाथि मिसाइल आक्रमण भएको थियो । त्यो आक्रमण युक्रेनले गरेको रुसको दाबी छ । तर युक्रेनले आक्रमणलाई खुसीको कुरा बताएपनि आफ्नो संलग्नता स्पष्ट पारेको छैन ।

क्राइमिया जोड्ने पुलमा भएको आक्रमणको कडा जवाफ दिइने बताएको रुसले सोमबार युक्रेनको राजधानी कीभसहित ठूला सहरमा हमला गरेको हो । आक्रमणमा १२ जनाको ज्यान गएको र कयौं घाइते भएका खबरमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved