सन्दीप लामिछाने विमानस्थलबाटै गिरफ्तार

नेपालभ्युज

सन्दीप लामिछाने विमानस्थलबाटै गिरफ्तार

काठमाडौं। बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई प्रहरीले बिमानस्थलबाटै गिरफ्तार गरेको छ। आज बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ओर्लिएका लामिछानेलाई प्रहरीले गिरफ्तार गरेर प्रहरी बृत गौशला लगिएको हो।

उनी कतार एअरवेज हुँदै आज नेपाल फर्किएका हुन्। सुरुमा जाहेरी परेको गौशला बृतमा लगिने र त्यसपछि अनुसन्धानको थालिने प्रहरीको भनाई छ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ।

सन्दीपले समर्थन, विश्वास, विश्वास र आलोचनात्मक टिप्पणीहरूलाई आफ्नो सम्पत्ति, प्रेरणा र शक्तिको रूपमा लिएको बताएका छन्। उनले आफू षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको भन्दै नेपालको कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा  विश्वस्त रहेको बताएका छन्।

“ममाथि लागेको गलत कारवाही र आरोपका विरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु। छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु।” उनले भनेका छन्।

यो पनि पढ्नुोस्

सन्दीप लामिछाने काठमाडौं ओर्लिए, विमानस्थलबाट सिधै प्रहरी चौकीमा लगिँदै

सन्दीप लामिछाने कतार एअरवेजबाट विहान १० बजे त्रिभुवन विमानस्थल ओर्लने

सन्दीपविरुद्ध इन्टरपोलले जारी गर्‍यो डिफ्युजन नोटिस

ममाथि गम्भीर षड्यन्त्र भयो, जतिसक्दो चाँडो फर्किएर कानुनी लडाइँ लड्छु : सन्दीप लामिछाने

सन्दीप लामिछाने प्रकरणमा जेल जान रहर गर्नेहरू

सन्दीप लामिछानेविरुद्ध प्रहरीले संकलन गर्‍यो यस्ता प्रमाण

म निर्दोष छु, चाँडै नेपाल फर्केर आरोपको सामना गर्नेछु : सन्दीप लामिछाने

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

सन्दीप लामिछानेमाथि १७ वर्षिया किशोरी बलात्कार गरेको आरोप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved