पाकिस्तानमा चिनियाँ नागरिकमाथि हमला, एक जनाको ज्यान गयो, दुई घाइते

नेपालभ्युज

पाकिस्तानमा चिनियाँ नागरिकमाथि हमला, एक जनाको ज्यान गयो, दुई घाइते

कराँची। पाकिस्तानको कराँचीमा चिनियाँ नागरिकमाथि हमला भएको छ । कराँची सहरको एक डेन्टल क्लिनिकमा भएको हमलामा एक जना चिनियाँ नागरिकको ज्यान गएको र दुई जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।

प्रहरीले चिनियाँलाई नै लक्षित गरेर  आक्रमण भएको जनाएको छ । एसएसपी अलि राजाले एक बन्दुकधारीले एम्प्रेस मार्केटभित्र रहेको क्लिनिकमा अन्धाधुन्द गोली चलाएको बताएका छन् । ज्यान गुमाएका रोनाल्ड रेमन्ड चाउसँग पाकिस्तानी राष्ट्रिय पहिचानपत्र समेत रहेको पाईएको छ ।

कराँचीको एम्प्रेक मार्केटभित्र झण्डै ५० वर्षदेखि चिनियाँ डाक्टरका क्लिनिकले सेवा दिँदै आएका छन् । पछिल्लो समय पाकिस्तानमा चिनियाँ नागरिकमाथि आक्रमण बढिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved