काठमाडौं । लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने किटनासक औषधि नेपाल भित्रिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक औषधि नेपालमा भित्रिएको हो ।
यो किटनाशक औषधि डेंगु नियन्त्रणमा प्रभावकारी हुने बताइएको छ । भारतका विभिन्न सहरमा डेंगु नियन्त्रणका लागि सफल प्रयोग भएको यो औषधिलाई सफल स्वास्थ्य सेवा प्रालिले नेपाल भित्राएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) अमेरिकाले मान्यता दिएको यो विषादीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले आयात तथा प्रयोग अनुमति दिएको अजय बायोटेक भारतका नेपाल प्रतिनिधि रुनाल तामाङले जानकारी दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा समेत प्रयोग गर्दा सफल भएको तामाङले बताए । १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने उनको भनाइ छ ।
यो प्रविधि सुरक्षित रहेको त्रिभुवन विश्वविद्याल रसायन शाश्त्रका सहप्राध्यापक अच्युत अधिकारीको दाबी छ । ‘यो मृत्यु भएका जिल्लाहरूबाट निर्मित भएको हुँदा किटजन्य जीवलाई मात्र असर गर्ने वैज्ञानिक पुष्टि भएको हो,’ उनले भने, ‘यसले जीव तथा मानिसमा असर गर्दैन।’
Facebook Comment
Comment