क्युबामा १९५ किलोमिटर प्रतिघण्टाको गतिमा समुद्री आँधी, पूरै देश विद्युतविहीन

नेपालभ्युज

क्युबामा १९५ किलोमिटर प्रतिघण्टाको गतिमा समुद्री आँधी, पूरै देश विद्युतविहीन
फाइल फोटो

काठमाडौं। ‘इयान’ समुद्री आँधीका कारण क्युबा देश पूरै विद्युतविहीन बनेको छ । त्यहाँको सरकारी जानकारीअनुसार मुख्य पावर प्लान्टलाई पुनः संचालन गर्न नसकेपछि विद्युतीय व्यवस्था नै ध्वस्त बनेको अधिकारीहरूले बताएका छन् ।

त्यहाँका विद्युत् प्राधिकरणका प्रमुखले  बताएअनुसार करिब १.१ करोड जनसङ्ख्या अन्धकारमा रहेका छन् । स्थानीय पत्रकारले एन्टानियो गुटेरेस थर्मो इलेक्ट्रिक पावर प्लान्ट पनि चलाउन नसकिएको जानकारी दिए ।

आँधीबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ भने धेरै संरचनामा क्षतिमा पुगेको छ । १९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको सो आँधी यतिबेला अमेरिकाको फ्लोरिडा राज्यतर्फ अघि बढिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved