चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङको सहुलियत पसल, कुन कुन खाद्यमा कति छुट?

साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेको चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसलमा किनमेल गर्नेहरूको घुइँचो लागेको छ। सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले ९३ ठाउँमा सञ्चालन गरेको सहुलियत पसलमा दशैँको लागि किनमेल गर्ने सर्वसाधारणको भीड बढेको हो।

नेपालभ्युज

चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङको सहुलियत पसल, कुन कुन खाद्यमा कति छुट?

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेको चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसलमा किनमेल गर्नेहरूको घुइँचो लागेको छ। सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले ९३ ठाउँमा सञ्चालन गरेको सहुलियत पसलमा दशैँको लागि किनमेल गर्ने सर्वसाधारणको भीड बढेको हो।

चाडपर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले साल्ट ट्रेडिङले सहुलियत पसल सञ्चालन गर्ने गरेको हो। सहुलियत पसल १ असोजदेखि सञ्चालनमा छ।

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पाेरेसनले काठमाडौंको कार्यालय परिसर कालीमाटी, जडीबुटी, सतुङगल, जावलाखेल र सूर्यबिनायक भक्तपुरमा पसल सञ्चालनमा ल्याइएको छ। उपत्यका बाहिर बनेपा, धनगढी, नारायणगढ, पोखरालगायत देशभरमा ९३ स्थानमा पसल सञ्चालनमा रहेको विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए।

काठमाडौंको कार्यालय परिसर कालीमाटी, जडीबुटी, सतुङगल, जावलाखेल र सूर्यबिनायक , बनेपा, धनगढी, नारायणगढ, पोखरालगायतका केही पसलहरूमा भने आयोडिनयुक्त नुन, तेल, दाल, चामल, गेडागुडी, मरमसला, चियापपत्तीलगायतका खाद्य सामग्री विशेष छुटमा बेच्न राखिएको छ।

नुनमा २ रुपैयाँ, चिउरामा ७ रुपैयाँ, तेलमा सात रुपैयाँ छुट दिइएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले बाहिरबाट आयात गरिएकोभन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए। यस पटक चिनी भने बेच्न राखिएको छैन।

साल्ट ट्रेडिङ कर्पाेरेसनले बेच्ने तेलमा चौधरी ग्रुपले उत्पादन गरेको तोरीको तेल, सनफ्लावर र सोयाबिनकाे तेल छ। आफैँले उत्पादन गरेको तेल भने प्राविधिक काम नसकिएकाले बजारमा ल्याउन नसकिएको साल्ट ट्रेडिङले जनाएको छ। हेटौंडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरिन थालिएको छ।

लेबलिङको काम बाँकी रहेको जनाइएको छ। तिहारसम्म तेल बजारमा पठाइने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने साल्ट ट्रेडिङका विभागीय प्रमुख झा बताउँछन्।

कर्पाेरेशनले चिउरा तीन थरी बेच्न राखिएको छ। नुवाकोटका भुटेको रातो चिउरा, भक्तपुरको लोकल चिउरा र तराइको टाइचिन चिउरा उपलब्ध छ।

बजार मूल्य नियन्त्रण गर्न सहुलियत पसल सञ्चालन

बज्रेशकुमार झा, विभागीय प्रबन्धक, साल्ट ट्रेडिङ कर्पोरेसन

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुँदा निजी क्षेत्रले खाद्यवस्तुमा अस्वाभाविक मूल्य बढाएर उपभोक्ता ठग्न सक्ने भन्दै साल्ट ट्रेडिङ कर्पोरेसनले बजार मूल्य नियन्त्रण गर्न सहुलियत पसल सञ्चालन गर्दै आएको छ। ‘‘दशैं तिहार र छठजस्ता पर्वमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने हुँदा बजार निजी व्यापारीको मनपरी मूल्यलाई नियन्त्रण गर्न सहुलियत पसल सञ्चालन गर्दै आएका छौँ। यो वर्ष पनि त्यसैको निरन्तरता हो,’’ कर्पोरेसनका विभागीय प्रमुख झाले भने।

साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। पछिल्लो पाँच वर्षयता कर्पोरेसनको कारोबार निरन्तर बढिरहेको छ। गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको छ। बिक्री बढेसँगै कर्पोरेसनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved