काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिप फूटबलको सेमिफाईनलमा स्थान पक्का गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै समुह बीको विजेता बनेको हो ।
नेपालका लागि अमिषा कार्कीले २ गोल गरिन् भने रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अम्रिता जैसी, दीपा शाही र अमिषा कार्कीले थप गोल गरे ।
खेलो ९ औँ मिनेटमा रश्मीले पहिलो गोल गरिन् । ११ औँ मिनेटमा सरुले दोस्रो र १७ औं मिनेटमा अम्रिताले तेस्रो गोल गरिन् । इन्जुरी समयमा दीपाले चौथो गोल गरिन् । अमिषाले ७७ औँ मिनेटमा चौथो गोल गरिन् । दोस्रो हाफको इन्जुरी समयमा अमिषाले दोस्रो गोल गरिन् ।
बुधबार साफअन्तर्गत २ खेल हुँदैछन् । पहिलो खेलमा पाकिस्तान र माल्दिभ्स आमने सामने हुनेछन् भने दोस्रो खेलमा भारत र बंगलादेश ।
Facebook Comment
Comment